बाल मञ्चद्धारा बालआश्रममा रहेका बालबालिकालाई सहयोग

पोखरा, कात्र्तिक ३० गते ।तिहारमा देउसी भैलो खेलेर संकलन भएको पैशाले बाल आश्रममा रहेका बालबालिकहरुलाई सहयोग प्रदान गरिएको छ । बाल मञ्च पोखरा महानगरपालिका वडा नम्वर १ ले पोखरा १९ मा रहेको कल्याण बाल आश्रममा रहेका बालबालिकालाई जाडोमा लगाउने स्वीटर, कापी र कमल सहयोग प्रदान गरिएको हो ।

नेपालीहरुको दोश्रो ठूलो चार्ड तिहारमा बाल मञ्चले देउसीभैलो खेलेर संकलन गरेको रकमबाट आश्रममा रहेका बालबालिकालाई सहयोग गरेको हो । आश्रममा रहेका १४ जना बालबालिकालाई सहयोग प्रदान गरिएको बाल मञ्च वडा नम्वर १ का अध्यक्ष सोहन गुरुगले जानकारी दिए ।

 

सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्वर १ का वडाअध्यक्ष सहारा प्रधानले बालबालिकाहरुले तिहारमा देउसीभैलो खेलेर जम्मा गरेको रकमबाट बालबालिकालाई नै सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताए । कार्यक्रममा कल्याण बाल आश्रमका व्यवस्थापक भगवती खत्री, पोखरा १९ का वडा सदस्य विकास आचार्य, पोखरा १ का वडा सदस्य शोभा गुरुग, पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्य लगायतले बाल मञ्चले समाजमा उदारणीय कार्य गरेको बताए । बाल मञ्च पोखरा १ का अध्यक्ष सोहन गुरुगको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बाल मञ्चका उपाध्यक्ष
प्रणंप पौडेलले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...