पाेखरा ।राष्टिय कर दिवस पाेखरामा उत्कृष्ट करदातालाइ सम्मान सहित शुभकामना आदान प्रदान गरेर मनाइएकाे छ ।

आन्तरिक राजस्व कार्यालय पाेखराले उत्कृष्ट करदातालाइ सम्मान गरेकाे हाे । आन्तरिक राजस्व कार्यालय पोखरामा सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आर के डी होल्डिङ्स लिमिटेड र करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रा.लि लाई सम्मान गरेकाे हाे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दाेसल्ला र सम्मानपत्तले सम्मान गरिन ।
कार्यक्रममा पोखरा अद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ जिल्ला कार्यसमिति, कास्कीका अध्यक्ष दिपक भुर्तेल, स्याङ्जा चेम्बर अफ कमर्शका अध्यक्ष लाेकनाथ रेग्मी,स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष उमराज बास्तोला, सम्मानित करदाताको तर्फबाट आरकेडी हाेल्डिङका संचालक रामचन्द शर्मा लगायतले बाेलेका थिए ।
कार्यकम आन्तरिक राजस्व कार्यालय पाेखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुंगानाकाे अध्यतामा सम्पन्न भएकाे थियाे ।