विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान

पोखरा, ३१ साउन ।नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणले वृहत रक्तदान गर्दै मानव जीवनमा रगतको अभाव नहोस् भन्ने उद्देश्य राखेको जनाएको छ ।

३८ औं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन भएको गोविन्द अधिकारीले जानकारी दिए ।

 

 

प्रादेशिक कार्यालयका प्रमुख जगदिश क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेखनाथ, पार्दी र सेती फेवा कार्यालयका कर्मचारी सहभागी रहेका थिए ।

 

 

प्रमुख अतिथि क्षेत्रीले विद्युत प्राधिकरणले उपभोक्ताको सेवामा तल्लिन रहँदै गर्दा मानवीय सेवा र वातावरण मैत्री शहर बनाउन वृक्षारोपाण समेत गरिएको उल्लेख गरे । कार्यक्रममा मालेपाटन शाखाका प्रमुख राजीव कुमार सिंहले प्राधिकरणको सेवालाई उपभोक्ताले पनि सहज र सरल ढंगबाट लिनुपर्ने बताए ।

 

 

वार्षिकोत्सव कार्यक्रमको अध्यक्षता नारायण पन्थीले गरेका भने संचालन सिता सिग्देलले गरेकी थिइन् । विद्युत प्राधिकरणले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न प्रजातिका ३ बोटविरुवा रोपेको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...