पोखरामा यसरी गरियो नाग पूजा (तस्वीरहरू)

तस्वीर : सञ्जय शाक्य

पोखरा, भदौ ४ गते ।नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाएको छ ।यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।

आजका दिन परम्पराअनुसार नागको पूजाअर्चना गर्ने गरिन्छ । ब्राहमाणले आफ्ना जजोमानका घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गरिदिने प्रचलन छ ।

यस्तो गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भय नहुने धार्मिक विश्वास छ ।नागपञ्चमीको अवसरमा सोमबार पोखराका विधि पुर्‍याएर पूजा गरिएको छ । धार्मिक विश्वास राख्नेहरू बिहानै नागका मुर्ति भएका स्थानमा पुुगेर दूध चढाएर पूजाअर्चना गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...