एकराज गिरी/पोखरा, भदौ १० गते । १४ वर्ष अगाडी पम्फा देवकोटा पोखरा आइन् ।
पोखरामा आफनो भविष्य खोज्दै आएकी उनमा केही गर्ने आँट, हिम्मत र साहस थियो । गोरखाबाट पर्यटकीय सहर पोखरा आइन । पोखरा आउने बित्तिकै श्रीमानसंगको सम्वन्ध राम्रो बन्नसकेन ।
श्रीमानसंगको सम्वन्धमा दरार आएसंगै उनका संघर्षका दिन सुरु भयो । उनले एक वर्षको छोरालाई च्यापेर सफल डेरी उद्योगमा गाडी चलाउने काम गरिन् । त्यसपछि उनले आफैले आइसक्र्रिम उद्योग खोल्ने निर्णय गरिन् । पाँच वर्षदेखि पोखरा महानगरपालिका वडा नम्वर–२६ मा उद्योग सञ्चालन गरिन् । उनले दिप आइसक्रीम उद्योग सञ्चालन गर्दै आएकी छन् । तर उनलाई उद्योग विस्तारका लागि पैशाको खाँचो थियो । तर कसैले पत्याएनन् । उनीसंग नत धितो राख्ने जग्गा थियो, नत बैंकमा चिन्नेका आफन्त नै । उनी भन्छिन्,“सम्पत्ति नहुनेहरुका लागि ब्यवसाय गर्न कति गाह्रो छ, ब्यथा कसैले बुझदैन् ।”
उनले लगानीको अभावमा आफनो ब्यवसायलाई सोचे जस्तो अगाडी बढाउन नसक्दा चिन्तित थिइन् । त्यही वीचमा कोरोना संक्रमण फैलियो व्यवसायी समस्यामा थिए । उनले पोखरा महानगरपालिकामा उपमेयरसंग महिला कार्यक्रमबाट सस्तो ब्याजमा महिलाहरुलाई ऋण लगानी गर्छन भन्ने थाहा पाइन् ।उनले २०७७ सालमा उपप्रमुखसंग महिला कार्यक्रमबाट ऋण माग गर्दै निवदेन दिइन् । कार्यक्रमबाट उनले विना धितो वडाको सिफारिसमा ५ लाख रुपैयाँ ऋण लगिन् । उनले ऋण लगेर सानो स्टोर ठूलो बनाईन । आइसक्र्रिम राख्ने फ्रिज लगायत स्टोर ठूलो भएपछि उत्पादन बृद्धि भयो । उनले उपप्रमुखसंग महिला कार्यक्रमबाट लगेको ऋण लगानी गरेपछि बार्षिक कारोबारोमा दोब्बर बृद्धि भयो । उनी भन्छिन्,“पहिला बार्षिक २५ लाखको कारोबार हुन्थ्यो अहिले ५० लाखको हाराहारीमा कारोबार हुदै आएको छ । यो कार्यक्रमले धेरै सहज बनायो ।”
उनले पहिला आफै आईसक्र्रिकम बनाउने र आफै बजारमा लिएर बेच्न हिड्थिन तर अहिले बजारमा पु¥याउने सहित ५ जना कर्मचारी समेत राखेकी छन् । महिला भएर उद्योग सञ्चालन गर्न कति गाह्रो उनले भनिन, “महानगरबाट ऋण पाएपछि धेरै सहज भयो । फेरी पनि लगानी थप हुने विश्वास गरेकी छु ।” बिना धितो वडाको सिफारिसका आधारमा विश्वास गरेर ऋण दिनुभयो, “उपप्रमुख लगायत कार्यक्रमसंग सम्वन्धित सबैलाई धन्यबाद छि । मलाई विद्युत गएको बेला आइसक्रीम पग्लने समस्या छ । अव यहाँबाट पैशा लगेर जेनेरेटर किन्ने इच्छा ।”
दिप आइसक्रीम सञ्चालन धिताले चाहिने गोरखाबाट आएको १४ वर्ष । कागजात पेश गरे । स्टोर सानो थियो । ठूलो बनाए । २५ लाख ब्यापार गर्ने भने ५० लाखको ब्यापार हुन्छ । बजारमा लैजान सहज भयो । महिला भएर उद्योग सञ्चालन गर्दा अप्ठयारो थियो तर सहज रुपमा ऋण पाए । पाँच लाख विश्वास गर्नुभयो । सामान बनान पाए । बजारमा लैजान पाए । आफुलाई महिला भएर उद्योग सञ्चालन गर्दा आफना आवश्यकता पुरा भए । अझै उद्यमी बन्ने वातावरण सृजना भएको छ । फैलिनुपर्छ । पाँच जना कर्मचारी, आफै डाइभि गर्थे । सहयोग गरे अझै अभाव भएका कुरा पुरा गर्ने थिए । बत्ति जादा आइसक्रीम पग्लने र फाल्नुपर्ने समस्या छ उनले भनिन, “फेरी ऋण पाए जेनेरेटर किन्ने चाहना छ । त्यो इच्छा पनि पुरा हुन्छ होला भन्नेमा ढुक्क छु ।” उपप्रमुखसंग महिला कार्यक्रमबाट धेरै महिला उद्यमी बन्ने वातावरण सृजनाहोस । यो कार्यक्रम प्रभावकारी र महिलाका लागि आवश्यक छ उनी भन्छिन् ।
तारादेवी परियार अञ्जना लेडिज टप टेलर वडा सदस्य भए । ब्यवसाय बन्द भयो । कार्यकाल सकियो । दुई महिना जति मानसिक तनाव भयो । त्यसपछि आफनो पुरानो सिपलाई निरन्तरता दिने योजना बताए । उनले एउटा कपडा सिलाउने मेशिन किने र यो कार्यक्रम बारे थाहा थियो, “कार्यक्रमबाट १ लाख लगेर सुरुवात गरे ।अर्को मेशिन थपे त्यहीबाट छोराछोरीको खर्च व्यवस्थापन गरेकी छु ।राम्रो भएको छ।” उलने पनि यो कार्यक्रम पनि प्रभावकारी रहेको बताउदै अझै निरन्तर दिनुपर्ने उनको भनाई छ । उनले अगाडी भनिन्,“जनप्रतिनिधि भएपछि बन्द भएको पसल सञ्चालन गर्ने मेरो योजनामा ऋण दिएर सहयोग गरेकोमा धन्यबाद समेत दिन्छु ।” त्यस्तै पोखरा २१ की सिता विश्वकर्मा समेत उपप्रमुखसंग महिला कार्यक्रमको ऋण लगेर ब्यवसायीक बाख्रा किसान बन्नुभएको छ ।
गत वर्ष चैतमा लगेको ऋणले ६ वटा बाख्रा पालेको र दुई वटा बेचेर छोराछोरीको खर्च जुटाएको बताइन् । पोखरा २६ की अमृता विश्वकर्माले ऋण लगेर फेन्सी पसल खोलिन् । उनले महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रमबाट लगेको ऋणले सजिलो भएको बताइन् । यता पोखरा ३ नदिपुरकी शारदा परियारले लेकसाइडमा अर्कैको पसलमा काम गर्थिन । यो कार्यक्रमबाट १ लाख रुपैयाँ लगेर आफ्नै ब्यवसाय सञ्चालन गरिरहेकी छन् । अहिले बुढाबुढी र छोरी आफनै पसलमा काम गरेको बताउदै उनले भनिन, महिलालाई ब्यवसायी बनाउन यो कार्यक्रम राम्रो छ । हाम्रा लागि सहज भएको छ । उनीहरु जस्तै पोखरा महानगरपालिकाले ६१९ जनाले ऋण लगेर उद्यमी बनेका छन् भने झण्डै १२ करोड रुपैयाँ लगानी भैसकेको छ । लगानी गरेका मध्य ५५ जनाले फिता समेत गरेका छन् ।
महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त समाज निर्माण गर्न सम्भव छैन् । त्यसैलाई मध्यनगर गदै पोखरा महानगरले उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरेको छ । महिलाहरुको क्षमता अभिबृद्धि गराउदै आर्थिक रुपमा सवल र सक्षम बनाउदै उद्यमशिलताको विकास गराउर्ने उद्देश्यले महानगरले उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरेको उपप्रमुख मञ्जुदेवी गुरुङ भन्छिन् ।
कार्यक्रमले महिलाहरुको जीवनमा सकरात्मक परिवर्तन ल्याएको उनको विश्वास छ । ‘पोखरा महानगरपालिकालाई महिलामैत्री महानगर रुपमा स्थापित गराउन उनीहरु आर्थिक रुपमा सवल÷सक्षम हुनुपर्ने र महिला आफै सक्षम नहुदाँसम्म हिंसाबाट मुक्त हुन सक्दैन भन्ने कुरालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको ।’
पोखरा महागनरले कार्यक्रम सञ्चालन गर्दा विपन्न, अति विपन्न , एकल, हिंसा पीडित, अपांगता भएका, दलित आदिवासी जनजाति र सिमान्तकृत महिलालाई संस्तो ब्याजमा ऋण उपलब्ध गराउने गरेको छ ।सीप सिकेका तर आफै केही गछौ भन्ने महिलाहरु जससंग लगानी गर्ने आधार छैन । त्यस्ता महिलालाई ऋण उपलब्ध गराउने गरेको छ ।
महानगरले एक लाखसम्म तीन प्रतिशत र एक लाखमाथि पाँच प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउँछ उपप्रमुख गुरुङले भनिन,‘दिदीबहिनीहरुलाई उद्यमी बनाउने योजना हो । ऋण लगेको छ महिना ब्याज मात्रै र त्यसपछि सावाँ ब्याज दुवै बुझाउनुपर्छ ।’
उहाँका अनुसार ऋण लिन चाहने महिलाले आफनो ब्यवसाय दर्ताको प्रमाणपत्र, त्यसमा लाग्ने लगानीको विवरण र वडा कार्यालयको सिफारिस सहित निवदेन दिनुपर्छ । ऋण लिदा कुनै धितो चाहिदैन् उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालक समिति सदस्य एवं वडा नम्वर १७ का अध्यक्ष राधिका शाहिले भनिन,‘वडा कार्यालयलको सिफारिस भएपछि हामी ऋण दिन्छौ तर सिफारिस दिने वडा र त्यस वडाका महिला जनप्रतिनिधिहरु जवानी बस्नुहुन्छ । भोलि उहाँहरुनै जिम्मेवार हुने ब्यवस्था गरेका छौ ।’
ब्यत्तिगत दिदाँ तीन भागमा विभाजन गरेका महिला र समुहमा जसले पनि ऋण लानसक्ने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०८०÷८१का लागि बिनियोजन गरिएको बजेट, विगतका कार्यक्रमको प्रभावकारीता लगायतका विषयमा महिला जनप्रतिनिधि र विगतमा ऋण लगानी गरिएका महिलाहरुसंग उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालक समितिले छलफल तथा अन्र्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा कार्यक्रमलाई थप प्रभावकारी बनाउर्दै लानुपर्नेमा समेत जोड दिइएको थियो ।