पोखरा, भदौ २२ गते ।पोखरा महानगरपालिका वडा नं. २० भलाममा पार्क सहितको खुल्ला व्यायामशाला तथा जेष्ठ नागरिक दिवा विश्राम स्थल निर्माणको लागि समिति गठन भएको छ ।
बिहीवार सम्पन्न भेलाले यादव गौतमको अध्यक्षतामा ९ सदस्यीय जेष्ठ नागरिक दिवा सेवा तथा खुल्ला व्यायामशाला निर्माण उपभोक्ता समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रेशम खत्री, सचिवमा सूर्य बास्तोला, सहसचिवमा गणेश केसी, कोषाध्यक्षमा मञ्जु वि.क. रहनुभएको छभने सदस्यहरुमा सुशिल बस्नेत, अन्जना गौतम, नारायणप्रसाद बास्तोला र ऐन कुमारी गुरुङ रहनुभएको छ ।
त्यसैगरी भेलाले भरत बस्नेतको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति समेत गठन गरेको छ । अनुगमन समितिको सदस्यमा शंकर गौतम र अप्सरा वि.क. रहेका छन् भने सल्लाहकारहरुमा भरत गौतम, सरस्वती बास्तोला, शेर बहादुर गौतम, जीवन अधिकारी र कमला क्षेत्री रहनुभएको छ ।
पोखरा महानगरपालिका वडा नं. २० साविक भलाम १ स्थित ठूलोपाटनको पूर्वी भागमा हरिहर पैदल मार्गसँग जोडिएको खुल्ला सार्वजनिक जग्गामा पार्क सहितको खुल्ला व्यायामशाला तथा जेष्ठ नागरिक दिवा विश्राम स्थल बन्न लागेको हो ।