पोखरा । पोखराको लामाचौरमा विगत दुई दशकेदखि निरन्तर संचालन हुदै आएको तीज महोत्सव यस वर्ष पनि हुने भएको छ । लामाचोैरको नव आर्दश सामुदायिक विकास समाजले महोत्सव आयोजना गदै आएको छ । नव आर्दश सामुदायिक विकास समाज,लामाचौरको आयोजनामा भदौ ३० देखि असोज १ गतेसम्म महोत्सव सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
फाइल तस्विर
महिलाहरुको चार्ड तिजलाई सरक्षण र निरन्तरता दिने उद्देश्यले निरन्तर मेला आयोजना गदै आएको नव आदर्श सामुदायिक विकास समाज, लामाचौरका अध्यक्ष स्वागत सिंह भण्डारीले बताउनुभयो । ‘मौलिक संस्कृतिको जर्गेना गरौ’ भन्ने मुल उद्घोषका साथ हरितालिका तीज महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । उक्त महोत्सवले आन्तरीक तथा बाह्य पर्यटक प्रवद्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ ।
वि.सं. २०५४ सालमा स्थापना भएको समाजले तीज महोत्सव सञ्चालन गर्न आएको छ । पोखरामा निरन्तर रुपमा सञ्चालन हुर्दै आएको महोत्सव हो । महोत्सवमा भलिबल प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता र महोत्सवमा औद्योगिक तथा ब्यापार प्रर्दशनीका स्टलहरु समेत रहने अध्यक्ष भण्डारीले बताउनुभयो । महोत्सव सम्पन्न गर्न ५२ लाख ७७ लाख ५ सय खर्च हुने अनुमान गरिएको छ भने बचत रकम आकस्मिक सेवा तथा जीत महोत्सव सञ्चालन कोष बृद्धिका लागि जम्मा गरिने प्रथम उपाध्यक्ष तथा प्रचार संयोजक दिनेश भण्डारीले बताउनुभयो ।
तरितालिका तीजको अवसरमा साँस्कृतिक तथा खेलकुद कार्यक्रमले यस क्षेत्रको प्रचार प्रसारमा भुमिका खेलेको बिश्वास गरिएको छ । लामाचौर क्षेत्र ऐतिहासिक पृष्ठभुमि बोकेको क्षेत्र र पवित्र सेतीनदीको किनारमा रहेकाले हरितालिका तीजमा महिलाहरु गङगा स्नान गरि सुख दुःख साटासाट गदै एक आपसमा रमाइलो गर्ने स्थान समेत रहेको आयोजकले दावी गरेको छ । ‘पुरानो संस्कारलाई कायम गदै समाजले महोत्सव आयोजना गरेको हो ’ अध्यक्ष भण्डारीले भन्नुभयो । महोत्सवको मुख्य आकर्षण महिला भलिबल, चर्चित लोकदोहोरी कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवको उद्घाटन नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उदघाटन गर्ने छन् ।