ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाईनल राउण्डमा ११ कलेज, शनिबार फाईनल

पोखरा, असोज १२ गते ।पोखरामा भईरहेको ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा ११ वटा कलेज छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्दैमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा ११ वटा कलेज छनौट भएका हुन्

प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुने जनाइएको छ ।

 

प्रतियोगिताको फाइनल राउण्डमा मदरल्याण्ड मावि, प्रतिभा मावि ‘सी’, सगरमाथा मावि, कुमुदिनी होम्स, लाभेन्ज बोर्डिङ स्कुल, ईन्फोमेटिक्स कलेज, ग्लोवल कलेजियट, पोखरा एकेडेमी, लिङ्कन कलेज, प्रगती बोर्डिङ स्कुल ‘बी’ र कालिका मावि छनौट भएको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ भाईले जानकारी दिए ।

 

शुक्रबार भएको सेमीफाइनल राउण्डबाट भद्रकाली मावि, कुमुदिनी होम्स, कान्तिपुर कलेज, प्रतिभा मावि ए र बी, प्रगती बोर्डिङ स्कुल ए, न्यू ग्यालेक्सी, डायमण्ड मावि, पश्चिमाञ्चल मावि प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।

 

 

प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...