ईन्टर कलेज व्याण्ड कम्पिटिसनको पोखरा लिङ्कन कलेजलाई

पोखरा, असोज १४ गते ।प्रथम ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले जितेको हो । फाईनल राउण्डमा गरेको उत्कृष्ट प्रस्तुतीका आधारमा सो व्याण्डले फाईनल राउण्डको १० प्रतिष्पर्धीलाई पछि पार्दै नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा ईन्फोमेटिक्स कलेजको ‘द ईन्टरभल्स व्याण्ड दोश्रोहुँदै नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । भने ग्लोवल कलेजिटको ‘उत्वेग व्याण्ड’ले तेश्रोहुँदै नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।

त्यस्तै, उत्कृष्ट भोकलमा पोखरा लिङ्कन कलेजका रोमित गुरुङ, लिड गिटारमा कालिका माविका अनमोल थापा,, रिदम गिटारमा ईन्फोमेटिक्स कलेजका सन्दीप आले मगर, बेस गिटारमा ग्लोवल कलेजियटका अनुपम रिजाल र ड्रमरमा पोखरा लिङ्कन कलेजका विनोद सुनार उत्कृष्ट घोषित भए । विधागततर्फका उत्कृष्ट घोषित भएकाहरुले नगद ५÷५ हजार र प्रमाणपत्र प्राप्त गरे ।

बिजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उप–कुलपति गोरे गुरुङ, पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई), निवर्तमान अध्यक्ष सुनिल थापा, संस्थापक अध्यक्ष श्यामसुङ गुरुङ, सल्लाहकारहरु तीर्थ तामाङ र शेरबहादुर गुरुङ, संघका उपाध्यक्ष टोपबहादुर खत्री, सचिव भाष्करध्वज श्रेष्ठ, सहसचिव बिनोद बानियालगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कला र संगीत देशको पहिचान र सभ्यतासँग जोडिने भन्दै यसको संरक्षण र विकासमा महानगरले सघाउने बताए । उनले साठीको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको त्यो विरासत फर्काउनुपर्ने र त्यसका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले पोखरा व्याण्ड नै व्याण्डहरुको सहर भएको बताए । तर अहिले सुस्ताएकाले त्यसलाई पुनःजागृत गराउनुपर्नेमा जोड दिए ।

पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले प्रतियोगिता गरिएको क्लवका अध्यक्ष हर्कराज गुरुङले बताए । प्रतियोगिताले प्रतिभाको खोजी गर्दै सांगितिक माहोल सृजना गर्न कोशेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे ।

ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा शनिबार भाष्करध्वज श्रेष्ठको डि–मर्चा व्याण्ड र शान्तराज बज्राचार्यको देउराली व्याण्डले विशेष प्रस्तुती राखेका थिए । जसमा दर्शकहरु झुमेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...