पोखरा, असोज १६गते ।नेकपा एमालेले प्रथम गण्डकी प्रदेश अधिवेशमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनीक गरेको छ । सार्वजनीक कार्यतालिका अनुसार नेतृत्व चयनका लागि भोलि बुधबार दिउसो १ बजेबाट मतदान सुरु हुने भएको छ ।
अधिवेशनबाट निर्वाचित हुने प्रदेश कमिटिको पदाधिकारी तथा सदस्यहरुको निर्वाचन प्रयोजनका लागि पार्टीको विधान, निर्वाचन नियमावली समेतको अधिनमा रहेर निर्वाचन कमिटिको निर्णय अनुसार कार्यतालिका प्रकाशन गरिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताएका छन् ।
कार्यतालिका अनुसार अहिले दिउसो १२ बजे मतदाता नामावली प्रकाशन, १२ देखि १ बजेसम्म मतदाता नामावली उपर दावी विरोध सुधार, ् नामावली उपर छानविन र निर्णय २ देखि २ः३० बजेसम्म, अन्तिम मतदाता नामावली प्रकाशन २ः३० देखि ३ बजेसम्म तोकिएको छ ।
त्यस्तै उम्मेदवारको दरखास्त फारम वितरण र दर्ता ३ देखि साँझ ६ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने ७ देखि ७ः३० सम्म र उजुरी उपर छानबिन र निर्णय ७ः३० देखि ८ः३० बजेसम्म तोकिएको छ भने उम्मेदवारको नामावली पून प्रकाशन ८ः३० देखि ९ बजेसम्म समय रहेको छ । कार्यतालिका अनुसार उम्मेदवारको नाम फिर्ता भोलि बुधबार विहान १० बजेसम्म समयसिमा तोएिको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन विहान १० बजे र मतदान दिउसो १ बजेबाट हुने निर्वाचन कार्यतालिका सार्वजनीक भएको छ ।