पाेखरा, असाेज १७ गते ।नेकपा एमाले गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भाेली बिहीबार मात्रै मतदान हुने भएकाे छ ।
निर्वाचन समितिका अनुसार भाेलि बिहानबाट मतदान गर्ने तयारी भैरहेकाे जनाएकाे छ ।निर्वाचन कमिटीले अहिले उम्मेदवारकाे अन्तिम नामावली प्रकाशनकाे तयारी गरिरहेकाे छ । गण्डकीकाे पहिलाे अधिवेशन सर्वसम्मत बनाउने प्रयास असफल भएपछि मतदान मार्फत नेतृत्व चयनमा पुगेकाे हाे ।
यसैबीच मतदान भाेटिङ मेशिन मार्फत गरिने भएकाेछ । मतदानका लागि मेशिन ल्याइएको छ भने मतदातालाई भाेटिङ गर्ने तरिका सिकाईएकाे छ ।