पोखरा, असोज १७ गते ।नेकपा एमाले गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि अहिले ११ः५५ बजेटबाट मतदान हुने भएको छ । आज बिहान ८ बजेबाट हुने भएपनि उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाई हुदाँ मदतानको समय सरेको निर्वाचन समितिले जनाएको छ । विहान ११ः५५ देखि साँझ ५ बजेसम्म मतदान समय तोकिएको छ ।
गण्डकीको पहिलो अधिवेशन सर्वसम्मत बनाउने प्रयास असफल भएपछि मतदान मार्फत नेतृत्व चयनमा पुगेको हो ।यसैबीच मतदान भोटिङ मेशिन मार्फत गरिने भएकोछ । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
निर्वाचन मण्डलले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ।मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गर्नेछन् ।
उचसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा हुनेछ ।अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छन् । ।