पाेखरा-४ काे बजार अनुगमन जारी

पाेखरा, असाेज २५ गते ।पाेखरा महानगरपालिका वडा नम्बर ४ ले बिहीबार पनि बजार अनुगमन गरेकाे छ ।वडा अध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा वडाभित्र सञ्चालनमा रहेका खाद्यान्न, लत्ताकपडा र जुत्ता पसलमा अनुगमन गरेकाे हाे ।

अनुगमन महानगरमा दर्ता नगरेकाे, मापदण्ड अनुसार सञ्चालन नभएकाे फेला परेकाे अध्यक्ष पराजुलीले बताए ।पहिलाे पटक महानगर वा वडा कार्यालयमा दर्ता गर्न अनुराेध गरिएको र फेरि अनुगमन गर्दा दर्ता गरेकाे तथा मापदण्ड पालना नगरेकाे पाइएमा कारवाही गरिने चेतावनि अध्यक्ष पराजुलीले दिएका छन ।

नेपालीहरुका चाडपर्वहरु नजिकिँदै जादा बजार अनुगमन गरिएकाे हाे वडाले जनाएको छ । उपभोक्ता हितलाई मध्यनजर गरेर बजार अनुगमन गरिएकाे यसलाई निरन्तरता दिने अध्यक्ष पराजुलीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...