पोखरा, असोज ३० गते ।नवआदर्श सामुदायिक विकास समाजले दसैं, तिहार, नेपाल संवत् तथा छठ पर्व लगायत पर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।लामाचौरस्थित संस्थाको सभाहलमा मंगलबार सञ्चालित कार्यक्रममा संस्थाका कार्यसमिति पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, पूर्व कार्य समिति सदस्यहरु, पूर्व कार्यसमिति सल्लाहकारहरु, आजीवन तथा साधारण सदस्यहरु, आमा समूह, विभिन्न संघसंस्था तथा क्लबहरुका प्रतिनिधिको उपस्थिति थियो ।
संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जिल्ला न्यायाधीश सूर्यबहादुर थापा, संस्थाका पूर्व सल्लाहकार तारा गर्वुजा, पूर्व अध्यक्ष सञ्जयकुमार अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवं प्रवक्ता दिनेश भण्डारी र सञ्चालन सहसचिव हरिबहादुर थापाले गरेका थिए ।
सोही अवसरमा लामाचौर तीज महोत्सव–२०८० तथा लामाचौर कप राष्ट्रिय महिला÷पुरुष भलिबल प्रतियोगिताको आयव्ययसमेत सार्वजनिक गरिएको छ । समाजका पूर्व अध्यक्ष एवं महोत्सव अर्थ समिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले आयव्यय सार्वजनिक गर्दै ४९ लाख ९८ हजार ८६७ खर्च भएकोमा ७२ लाख ७० हजार ९०९ रुपैयाँ आम्दानी हुने अनुमान रहेको बताए । उनका अनुसार प्रायोजकबाट बोलकबोल रकम, स्टल भाडा, बालउद्यान, टिकट शुल्कबाट गरी उक्त रकम उठ्ने अनुमान रहेको बताए । संस्थाको २७ औं वार्षिकोत्सव अवसरमा गत भदौ ३० देखि असोज १ सम्म महोत्सव भएको थियो ।
साथै, संस्थाका भगिनी संस्थाहरु नवआदर्श अमेरिका, नवआदर्श अष्टे«लिया, नवआदर्श जापान तथा नवआदर्श पोर्चुगलका सहयोगीलाई मायाको चिनो प्रदान गरिएकोे प्रवक्ता दिनेश भण्डारीले बताए ।२०५४ सालमा स्थापित नवआदर्श सामुदायिक विकास समाज सामाजिक कार्यमा क्रियाशील छ ।