युआरएल पुरस्कारका लागि छनोट समिति

पोखरा, कात्तिक १ गते ।यसपालिको युआरएल पत्रकारिता पुरस्कार र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदानका लागि छनोट समिति गठन गरिएको छ । युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनको संयोजन प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्डको प्रतिभा चयनको संयोजन वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नारायण ओझाले गर्ने छन् ।

 


८ सदस्यीय समितिमा गुणस्तर विज्ञ सुशील थापा, समाजसेवी नरहरि बराल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला र पत्रकार फडिन्द्र अकिञ्चन छन् ।

 

युआरएल पत्रकारिता पुरस्कारको राशि नगद २० हजार र सम्मानपत्र छ । पोखराको सभागृहचोकमा मुख्य कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले युआरएल फाउन्डेसनमार्फत् सञ्चालन गर्दै आएको यो पुरस्कार यसअघि ऋषिराम खतिवडा, सुरेन्द्र पौडेल, यदुनाथ बञ्जारा, प्रदीप पौडेल, हरिप्रसाद बास्तोला र आरजू विष्ट ‘सल्यानी’ले पाइसकेका छन् ।

 

लाइफ टाइम एचिभमेन्ट अवार्ड भने यसपालि पहिलो पटक प्रदान गर्न लागिएको हो । पुरस्कार र अवार्ड आगामी मंसिर २३ गते हुने युआरएलको वार्षिकोत्सव समारोहमा अर्पण गरिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...