पाेखरा, कार्तिक ७ गते ।पाेखरा विश्वकै सुन्दर सहर मध्य एक हाे । नेपाल आउने पर्यटक पाेखरा नआएसम्म भ्रमण पूरा भएकाे मान्दैनन । पाेखरा प्राकृतिक रुपमा सुन्दर छ ।यहाँकाे फेवाताल, बेगनास र रुपाले पर्यटकलाई आकर्षित गर्छन र प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेका छन ।
त्यस्तै यहाँका हरियाडाँडा र यहाँबाट देखिने हिमालकाे दृश्यले सबैलाई आन्नदित र माेहित बनाउछ । पाेखरा प्रााकृतिक छटाले भरिपुर्ण सहर हाे । अग्ला डाडा, ताल हिमाल र हरियाली जंगलले सिगारिएकाे पाेखरा आन्तरिक तथा बाह्यय पर्यटनको लागि उत्कृष्ट गन्तव्य हाे ।
यतिबेला नेपालीहरु ठुलाे चाड दशैंकाे रमाइलोमा ब्यस्त छन ।दशै मनाउन नेपालीहरु आफनाे पुख्र्यौली थलाे फर्किएका छन ।
र सहर सुनसान र खाली प्रयाय बनेका छन तर बाह्यय पर्यटकले फेवातालसंगै पर्यटकीय केन्द्रमा चहलपल बढेकाे छ ।विशेेष गरि पाेखरामा यतिबेला भारतीय पर्यटकाे संख्या बढेकाे छ ।