नेपाल दिगो विकास लक्ष्यलाई केन्द्रविन्दुमा राखेर अघि बढेको छ

लुवाण्डा, एङ्गोला, कात्तिक ८ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसदले दिगो विकास लक्ष्यलाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताउनुभएको छ । 

 

एङ्गोलाको लुवाण्डामा आयोजित अन्तरब्यबस्थापिका संघ (आइपियु) को १४७ औं महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले सो कुरा बताउनुभएको हो । संसदमा आउने विधेयकलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरी औचित्य परीक्षण हुँदैआएको उहाँले बताउनुभयो ।

 

नेपालको संघीय संसदको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “दिगो बिकास लक्ष्य हासिल गर्न सरकारले कार्यान्वयन गर्नुपर्ने विषयमा संसदले सरकारलाई निरन्तर खबरदारी गरेको छ ।

 

संघीय संसदका दुई सदनमध्येको राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति गठन गरिएको छ । यो समितिले दिगो विकास लक्ष्यका प्रगति र कार्ययोजनाका अवस्थाबारे तीनै तहका रकारसँग निरन्तर छलफल गर्ने र आवश्यक नीतिगत निर्देशन दिने काम गर्दैआएको छ ।”

 

उहाँले नेपालले दिगो विकास लक्ष्यलाई मूलभूत रूपमै आन्तरिकीकरण गरेको बताउँदै संविधानको प्रस्तावनामै नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई उल्लेख गरेको चर्चा गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...