एमाले अध्यक्ष ओली कात्तिक १३ गते पोखरा आउने

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउने भएका छन् । अध्यक्ष ओली कात्तिक १३ गते सोमबार पोखरा आउने भएका हुन् ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटिको नवनिर्वाचित कमिटिको सपथ ग्रहण एवं कार्यकता भेलाको प्रमुख अतिथिका रुपमा पोखरा आउने कार्यक्रम तय भएको एमाले गण्डकी प्रदेशका सचिब धनञ्जय दवाडीले जानकारी दिए ।

 

कात्तिक १३ गते सोमबार विहान ११ बजे पोखरा सभागृहमा हुने सपथ ग्रहण तथा कार्यकता भेलालाई अध्यक्ष ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको सचिव दवाडीले बताए ।सपथ ग्रहण कार्यक्रममा सहभागी हुन् प्रदेशसंगै जिल्ला, महानगर कमिटि, गाँउपालिका कमिटिका पदाधिकारी, सदस्यहरु तथा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई उपस्थितिका लागि अनुुरोध गरिएको छ ।

 

एमालेको गण्डकी प्रदेशको प्रथम अधिवेशन गत असोज १५ देखि १८ गतेसम्म पोखरा सभागृहमा भएको थियो । अधिवेशनमा म्याग्दीका नवराज शर्माले लमजुङका मायानाथ अधिकारीलाई पराजित गदै अध्यक्ष निर्वाचित भएका थिए । शर्मा तदर्थ समितिको समेत अध्यक्ष रहेका थिए । शर्माले ५ सय ३१ मत ल्याएर विजयी भएका थिए भने अधिकारीले ३ सय ६५ मत मात्र प्राप्त गरे ।

 

त्यस्तै उपाध्यक्षमा मिनप्रसाद गुरुङ ,सचिवमा धनञ्जय दवाडी, त्यसैगरी उपसचिवमा कास्कीका दामबहादुर विक , उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारी प्यासी विजयी भए । प्रदेश कमिटि १६५ सदस्यीय रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...