पूर्वी नेपालका वासिन्दालाई पोखरा भ्रमणको निम्ता

जनकपुर, १७ कात्तिक :  होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।
आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप नेपालको ऐतिहासिक एबं धार्मिक नगरी जनकपुरमा संघले शुक्रबार एक पत्रकार सम्मेलन गरी यस क्षेत्रका वासिन्दालाई पोखरा भ्रमणको निम्ता दिएको छ ।

 

पोखरा महानगरपालिकाको प्रबर्द्धनमा यही कात्तिक १६ गतेबाट कात्तिक २० गते सम्म संचालन हुने अभियान अन्तर्गत यसपटक जनकपुर, विराटनगर, बिर्तामोड, धनकुटा र चितवन जस्ता शहर समेटिएको छ । सूर्योदयको स्थल भनेर चिनिने पूर्वी नेपालबाट सुरु भएको यस अभियानलाई पुनः अहिले पूर्वी नेपालबाट नै संघले निरन्तरता दिएको हो ।
आन्तरिक पर्यटनको विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रबर्द्धनको मुख्य उद्धेश्य यस कार्यक्रमले बोकेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

 

 

देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यस अभियानको प्रभाव सकारात्मक पर्दै गएको र अभियानकै कारण देशैभरि नेपालीमा घुम्ने बानीको विकासमा सघाउ पुगेको यथार्थलाई ख्याल गर्दै कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष सुवेदीको भनाई छ । कार्यक्रम सुरु हुँदा घुम्न निस्कने नेपाली एक प्रतिशत रहेकोमा अहिले त्यस्तो दर ३५ प्रतिशत पुगेको जानकारी पनि उनले दिए ।
पूर्वी नेपालबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पूर्व पठाउने संघको अभियानमा पर्यटन व्यवसायी लगायत सम्बद्ध सबैको साथ र सहयोग रहने अपेक्षा संघको छ । यसैगरी पूर्वी नेपालका विभिन्न शहरबाट पोखरासम्म सिधा हवाई उडान तथा स्तरीय बस सेवा संचालनका लागि सबैको पहल र सक्रियताका लागि समेत संघले अपिल गरेको छ ।
विशेष गरी कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य पनि यस अभियानले लिएको जनाइएको छ । कोभिड–१९ को महामारी जारी रहँदा २०७८ सालको फागुन महिनामा पनि संघले यस अभियानलाई वुटवल, हेटौंडा, विरगंज र चितवनमा संचालन गरेको थियो ।
आन्तरिक पर्यटन प्रबर्द्धनकै लागि संघले फेवा नब वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव गर्दै आएको र यही मंसिर ९ गते अन्तर्राष्ट्रिय पोखरा क्रस कन्ट्री रेस पनि गर्न लागेको छ ।
कार्यक्रममा मधेश प्रदेशका पर्यटन सचिव जयकुमार रावतले आन्तरिक र बाह्य पर्यटकलाई प्रदान गरिने पर्यटकीय सेवा सुविधाको मूल्य दर फरक कायम गर्न सके आन्तरिक पर्यटनमा बढवा आउने विचार राखे ।

 

यसैविच बिहीबार भ्रमण टोलिले बर्दिवासका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको थियो ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...