पोखरा । पोखरा पर्यटन परिषद्को अध्यक्षमा हरि भुजेल निर्वाचित हुनुभएको छ।

परिषद्को बुधबार सम्पन्न १४औँ अधिवेशनबाट निवर्तमान प्रथम उपाध्यक्ष भुजेल अध्यक्षमा निर्वाचित हुनुभएको हो। अध्यक्ष पदका अर्का प्रत्यासी कृष्ण भण्डारीलाई १४ मतले पराजित गर्दै भुजेल निर्वाचित हुनुभएको हो।
भुजेलले २५ मत प्राप्त गर्दा भण्डारीले ११ मत प्राप्त गर्नुभएको थियो। कुल ३९ जना सदस्य प्रतिनिधि रहेको निर्वाचनमा तीन मत बदर भएको थियो।
यसैगरी परिषद्को सदस्यमा सुनिलबहादुर भट्टराई, बाबुराम पाण्डे, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदी सर्वसम्मत चयन हुनुभएको छ।
परिषद्का प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्षलगायतका अन्य पदाधिकारी भने नवनिर्वाचित कार्यसमितिले चयन गर्ने बताइएको छ