पोखरामा स्वन्ति नख: (भाइटिका) महोत्सव

पोखरा । नेवा: मिसा पुच: कास्कीको आयोजनामा शनिवार पोखरामा स्वन्ति नख: (भाइटिका) महोत्सवको आयोजना गरिएको छ ।


चौथो स्वन्ति नख: महोत्सव पोखरा महानगरपालिका वडा नम्बर ९ को सहयोगमा पोखरा ९ मा गठित महेन्द्रपुल, नयां बजार, पृथ्वीचोक, चिप्लेढुंगा र नागढुंगा नेवा: मिसा पुच:को सह आयोजनामा भएको थियो ।

 


महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्मकुमारी तमुले संस्कृति बचाउन सबै लाग्नु पर्ने बताए । उहांले स्थानीय सरकार र वडाहरुले मौलिक संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका हुनु पर्नेमा जोड दिए । तमुले अन्तर जातिय सांस्कृतिक सहिष्णुता र सद्भाब हुनु पर्ने आवश्यकता औल्याउदै सोहि कारण कार्यक्रममा आफू नेवारी भेषभुषामा उपश्थित भएको बताए ।

 

नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवा: खल कास्की पोखरामा नेवार संस्कार संस्कृतिको संरक्षण र प्रबर्द्दनमा जुटेको जानकारी दिए ।

 

नेवा: मिसा पुच: कास्कीका अध्यक्ष संगिता बज्राचार्यले भाइ पूजाको बिधि प्रदर्शन गर्न र आवश्यक सामग्री किनबेचकालागि महोत्सवको रुपमा चौथो स्वन्ति नख: महोत्सवको आयोजना गरिएको बताइन् ।

 

“तिहारको समयमा नेवार समुदायले मनाउने तीन पर्वहरु लक्ष्मीपुजा, म्हपुजा र भाइैटिकालाई नेवारी भाषामा स्वन्ति नखः भनिन्छ । नेवारी भाषामा प्रयोग हुने ‘स्व’ को नेपाली अर्थ ‘तीन’ हुन्छ । नेवारहरुले लक्ष्मीपूजा, म्हपूजा र भाईटिका विशेष रुपमा मनाउने भएकाले यसलाई नेवारीमा स्वन्ति नखः भन्ने गरिएको हो”, बज्राचार्यले भनिन् ।

 

 

महेन्द्रपुल नेवा: मिसा पुच:का अध्यक्ष पुण्यलक्ष्मी लाभाजु अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २ का १ का वडाध्यक्ष सहारा प्रधान, २ का वडाध्यक्ष दिवसमान प्रधानांग, ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, ११ का वडाध्यक्ष प्रेम कर्माचार्य लगायत महोत्सब र पूजा ‘डेमो’ कार्यक्रममा सहभागि भएका थिए ।

महेन्द्रपुलमा आयोजित स्वन्ति नखः महोत्सवमा तिहार (भाइटिका) का ३ दिनका लागि चाहिने विभिन्न परिकार, सामग्रीहरुका २२ वटा स्टलहरु राखिएको निवर्तमान अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिइन् । ती सामग्रीहरु कास्कीकै नेवारी समुदायका महिलाहरुले उत्पादन गरेको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...