कलीन स्मिथ ‘पुतली बाजे’ को अन्त्येष्टि

पोखरा ।  कलीप स्मिथ अर्थात् ‘पुतली बाजे’ को शवमा  सोमबार  पृथ्वीनारायण क्याम्पसमा रहेको पुतली संग्रहालयको प्राङ्गणमा अन्तिम  श्रद्धाञ्जली अर्पण गरिएको   छ ।श्रद्धाञ्जलीपछि अन्त्येष्टि गरिएकाे छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतले  त्यहाँबाट अन्तिम विदाई गरिएपश्चात क्रिश्चियन परम्परा अनुसार अन्तिम सँस्कार गरिएको छ  ।

सन् १९३६ नोभेम्बर २४ मा जन्मेका कलिनले पुतलीसँग रमाउँदा आफ्नो देश बिर्से। ३० वर्षको युवा उमेरमा सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षणका लागि उनी नेपाल आएका थिए । त्यतिखेर कलिन लिभरपुलबाट पानीजहाज चढेर भारत हुँदै नेपाल आएका हुन् ।

 

कलिन स्मिथको योगदानको कदर गर्दै नेपाल सरकारले २ डिसेम्बर २०१९ मा उनलाई सम्मानार्थ नागरिकको दर्जा दिँदै नागरिकता प्रदान गर्‍यो । तत्पश्चात् उनी नेपालको सम्मानित नागरिक बने ।

सानैदेखि हिसाब र विज्ञानमा अति तेज कलिन आफ्नै मामाको पुतली सङ्कलन गर्ने सोखबाट प्रभावित हुँदै नेपालमा पुतलीको अध्ययन सहित पोखरा, गोरखा र काठमाडौँमा शिक्षण गरें ।

 

बेलायतमा जन्मेका उनले नेपालको डाँडाकाँडा, भीर पाखा र पखेरा पुगेर पाँच सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरी पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङ्ग्रहालयको स्थापना गरें। पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उनको योगदान अतुलनीय छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...