नेत्रहीन संघ कास्कीको अध्यक्षमा श्रीकान्त

पाेखरा, मंसिर १७ गते ।नेत्रहीन संघ कास्कीको २६ अौ बार्षिक साधारण सभा तथा ११अौ अधिवेशन संस्थाको कार्यालय पोखरा २६ मा सम्पन्न भएको छ।

अधिवेशन बाट श्रीकान्त सापकोटा पुन अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन उपाध्यक्षमा अमृत बराल महिला उपाध्यक्षमा सुनिता ज्ञवाली,सचिव सुशील गोदार, कोषाध्यक्ष सम्राट गौतम सहसचिव अर्पण कोईराला सदस्यहरू डा.सरद कोईराला,सीता रिजाल,ज्योति पौडेल ,जितकुमारी बराल,प्रमोद दाहाल ,अक्षय खड्गी र सन्त बहादुर परियार निर्विरोध निर्वाचित भएका छन।

 

कार्यक्रम संस्थाका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा,अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा नेपाल नेत्रहीन संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष खोमराज शर्माको प्रमुख आथित्यतामा,नेपाल नेत्रहीन संघ केन्द्रका महासचिव शिशिर खनाल विशेष आथित्यतामा र नेत्रहीन संघ गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण सुवेदी ,गिरिधारी सुवेदी,दिपक अधिकारी र दण्डपाणि ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...