भृकुुटी आमा समुहको नवौ साधाणसभा सम्पन्न

पोखरा, पुस ८ गते । पोखरा–८ मा रहेको भृकुटी आमा समुुहको नवौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । वि.सं. २०७१ सालमा स्थापना भएको समुहको नवौ साधारण सभाको उद्घाटन  नानुमाया पाण्डेले गरिन् ।

साधारण सभामा समुहले गरेका कार्य र भावि योजना बारे छलफल भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पाण्डे, समुहका सल्लाहकार सावित्री शाही, समुहका आजिवन सदस्य सृजना रिजाल कार्कीले संस्थाले गरेका कार्यले सामाज रुपान्तरणमा भुमिका खेलेको बताए ।

उनीहरुले आमा समुहले समाजमा गरेका कामले सकरात्मक प्रभाव पारेको समेत बताए  । साधारण सभामा सचिव उजेलीमाया मल्ल र कोषाध्यक्ष गौरी कोइरालाले प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन छलफलपछि पारित गरिएको छ । समुहले ५३ जना सदस्य रहेका छन् ।

 

 

अध्यक्ष रमा नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव उजेली माया मल्लले गरेक थिइन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...