पाेखरा,पुस ।२३औं संस्करण आहा रारा गाेल्ड कप फुटबल प्रतियाेगिता माघ दाेश्राे साताबाट हुने भएको छ ।आयाेजक सहारा क्लवले बिहिवार विज्ञप्ति मार्फत मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप माघ देखि २० गतेसम्म सञ्चालन गर्ने जनाएको हाे ।
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ सहारा क्लबलाई माघमा सञ्चालन गर्ने समय तालिका अखिल नेपाल फुटबल संघले दिएकाे हाे ।
प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ । गत २२औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को विजेता संकटा क्लब काठमाण्डौं र उपविजेता भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिका रहेको थियो भने विजेतालाई नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद प्रदान गरिएको थियो |
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. सं. २०५५ सालमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको बनेकाे छ
पर्यटकीय शहर पोखरालाई स्पोर्ट्स सिटीको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुको साथै पोखरालाई अन्तरास्ट्रिय रुपमा परिचित गराउनु प्रतियोगिताको उदेश्य रहेकाे सहारा क्लबले जनाएकाे छ ।
साथै क्लवले खेलाडीहरुको अन्तर्निहित खेलकौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्दै खेलाडी उत्पादनमा गर्ने रहेकाे बताउदै नेपालको फुटबल इतिहासमा निरन्तर संञ्चालित एक मात्र उक्त फुटबल प्रतियोगितालाई भव्य र सव्य रुपमा सफल पार्न आ-आफ्नो तह तप्का बाट यथासक्दो सहयोगको निम्ति अनुरोध गरेकाे गर्दछौ क्लवका महासचिव रामजी अधिकारीले बताए ।