पाेखरा महानगरले स्वास्थ्यलाई प्राथमिकतामा राखेकाे छ:उपप्रमुख गुरुङ

पाेखरा, पुस २० गते ।पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिक स्वास्थ भएमात्रै देशकाे विकासले गति लिने बताएकी छन ।

शिक्षक स्वस्थ हुदाँ गुणस्तरीय शिक्षा प्रदान हुने, श्रमिक स्वस्थ भए विकासका काम समयमै सम्पन्न हुने भएकाले सबैभन्दा ठुलाे मानिसको स्वास्थ्य भएकाे उपप्रमुख गुरुङले बताईन ।

पोखरा महानगरपालिका वडा नं.१ ले आयाेजना गरेकाे वृहत् स्वास्थ्य शिविर कार्यक्रमकाे उद्घाटन गर्दै विकासकाे मापन स्वास्थ भएकाे बताउदै देशकाे जनशक्ति स्वस्थ हुदाँ विकासका कामले गति प्राप्त गर्ने बताइन ।ब्यक्ति र देशकाे हिसाबले स्वास्थ्य महत्त्वपूर्ण भएकाे बताउदै देश समृद्ध र समुन्नत पाेखरा बनाउने र यसकाे मापन स्वास्थ्य भएकाे बताइन ।

 

 

वडा नं.१ कार्यालयको आयोजना, मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा सहरी स्वास्थ्य केन्द्र पोखरा १ को सहकार्यमा नाक, कान र घाँटी परीक्षण सम्बन्धी वृहत् स्वास्थ्य शिविर गरिएको हो ।

 

उपप्रमुख  गुरुङले महानगपालिका नगरवासीहरूको स्वास्थ्य प्रति संवेदनशील रहेको बताइन  ।नगरवासीहरूको स्वास्थ्य प्रवर्द्धनका लागि महानगरपालिकाले वडा स्तरीय सहरी स्वास्थ्य केन्द्र, महानगरपालिका स्तरीय सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेत सञ्चालन गरिरहेको उनकाे भनाई थियाे ।

 

वडा नं.१ का वडा अध्यक्ष साहारा प्रधानले वडामा रहेका नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई स्वास्थ्य प्रति सचेतना जगाउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो ।

 

कार्यक्रममा वडा सदस्य शाेभा गुरुङ, महानगर स्वास्थ्य महाशाखाका अधिकृत फुलदेव तिमिल्सिना, मणिपाल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमाेहन श्रेष्ठ लगायतले बाेलेका थिए ।

 

यसैबीच शिविरमा २ सय जनाएको निशुल्क नाक,कान र घाटिकाे परिक्षण गरिएकाे वडा सदस्य शाेभा गुरुङले जानकारी दिइन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...