सोतीपसलको मंगला माविमा शिविर

पोखरा, २२ पुस । लायन्स क्लब अफ पोखरा हिमालयनले नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, यौनजन्य संक्रमणको परिक्षण तथा उपचार गरिएको थियो ।
लमजुङगको मध्य नेपाल नगरपालिका वडा नं ३ स्थित मंगला माविको प्राङ्गमा आयोजित शिविरमा एक सय ३९ जना लाभान्वित हुनुभएको छ ।

शिविरको उद्घाटन गर्दै मध्य नेपाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष केशव न्यौपानले जनतालाई केन्द्रमा राखेर गरिने सेवा उत्कृष्ट हुने बताउनुभयो ।नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले संघ सरकार, समुदाय र संघसंस्थासँग हातेमालो गर्दै ंअघि बढ्न चाहेको उल्लेख गर्नुभयो ।

 

त्यस अवसरमा डिष्टिक ३२५ एल का कोचिफ एड्भाइजर तीर्थलाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौला, सहायक प्रधानाध्यापक श्रीधर घिमिरे लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा लायन्स क्लबले निर्माण गरेको विद्यार्थी संक्षिप्त अभिलेख कक्ष विद्यालयलाई हस्तान्तरण गरिएको थियो । क्लबका पूर्वअध्यक्ष हरि श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई कार्पेट सहयोग गर्नुभएको थियो ।क्लबका अध्यक्ष नवीन नापितको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक अशोक गुरुङले स्वागत र प्रथम उपाध्यक्ष विष्णुमाया कायस्थले संचालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...