३७ युनिट रगत संकलन

 छोरेपाटन माबि युवा रेडक्रस सर्कलको आयोजनामा विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा मंगलबार विहान भएको रक्तदान कार्यक्रममा युनिट रगत संकलन भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका शाही योगीले पहिलो रक्तदाता खिमराज आचार्यलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जस्तो अत्यन्तै राम्रो कार्य नियमित रुपमा हरेक क्षेत्रमा गर्नुपर्ने आवश्यकता रहेको वताइन् ।

 

कार्यक्रम छोरेपाटन मा.बि. व्यवस्थापन समितिका अध्यक्ष वद्रिनाथ पहारी, विद्यालयका प्रधानाध्यापक तथा संरक्षक डिल्लिराम शर्मा, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदी, छोरेपाटन मा.बि. भुपु विद्यार्र्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाट, शिक्षक दिपक सुवेदी, लगायतले रक्तदानको महत्वको बारेमा वोलेका थिए ।

 

सो अवसर पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरुको हौसला बढाउने उद्धेश्यले प्रमाणपत्रको साथै मायाको चिनो प्रदान गरिएको शिक्षक नायक युवराज सुवेदीले वताए । साथै उनले भुपु विद्यार्थी मञ्च र डेभिड फल क्लबको सक्रियताले पनि कार्यक्रमलाई सफल पार्न मद्दत पुगेको वताए

 

सर्कलका अध्यक्ष सुशान्त सुवेदीको अध्यक्षतामा भएको
कार्यक्रमको संचालन सचिव प्रकृति शर्माले गरेकी थिइन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...