पोखरा, पुस २३ गते । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । काँग्रेस, माओबादी, एकिकृत समाजबादी लगायत दलका उम्मेदवार गठबन्धन बनाएर उम्मेदवारी दिएका छ भने एमालेले एक्कलै उम्मेवारी दर्ता गरएको छ । बाग्मती, गण्डकी, कोशी, मधेश, सुुदुुरपश्चिमबाट उम्मेदवारी दर्ता गरिएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिममा सत्तारुढ गठगन्धनका नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० का तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, गरेर नेकपा एमालेका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । धनगढीस्थित निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय धनगढीमा सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारको उम्मेदवारी दर्ता भएको हो ।
कोशी प्रदेशबाट चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार सत्तारुढ गठवन्धनबाट काँग्रेसले अन्यबाट कञ्चनपुरका बलदेव बोहरा र अपाङ्ग तथा अल्पसंख्यक कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
बोहरा कांग्रेसका कञ्चनपुर सभापति, जिल्ला विकास समितिका सभापति र संविधान सभा सदस्य पनि भइसक्नु भएको छ । यस्तै, कैलालीका भट्ट दोस्रो जनआन्दोलनबाट घाइते भएर अपाङ्गता हुनुभएको छ ।यस्तै, सत्ता गठबन्धनबाटै महिलाबाट माओवादी केन्द्रका रेनु चन्दले उम्मेदवारी दर्ता गर्नुभएको छ । चन्द २०६४ सालको संविधान सभा सदस्य पनि हुनुहुन्छ । एमालेबाट अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसंख्यक कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवारी दर्ता गर्नुभएको छ । खरेल केन्द्रीय लेखा आयोग सदस्य हुनुहुन्छ भने घिमिरे अनेमसङ्घ कैलालीकी पूर्वअध्यक्ष हुनुहुन्छ । जोशी एमालेको भ्रातृ सङ्गठन अपाङ्ग संघका केन्द्रीय सदस्य हुनुहुन्छ ।
सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यका सदस्यहरु नेकपा ९माओवादी केन्द्र० का हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा ९एमाले० का ईन्दु कडरियाको पदावधि सकिन लागेको हो । गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादीका केन्द्रीय सदस्य चम्पादेवी कार्कीले मनोनयन दर्ता गराउनुभएको छ । नेता सिटौलाले अन्य तर्फबाट राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिनुभएको हो भने कार्कीले महिलातर्फबाट उम्मेदवारी दिनुभएको हो । कार्की जनयुद्धका क्रममा हात गुमाउनुभएाका घाइते लडाकु हुनुहुन्छ ।
सिटौलाको प्रस्तावकमा कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा कांग्रेसकै प्रदेशसभा सदस्य हिमाल कार्की रहनुभएको छ । यस्तै, कार्कीको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र समर्थकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामकुमार खत्री हुनुहुन्छ ।
राष्ट्रियसभा निर्वाचनका लागि नेकपा ९एमाले०को तर्फबाट पनि दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्यतर्फ पर्शुराम अधिकारी र महिला तर्फबाट रुकमणि कोइरालाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।एमालेका स्थायी समिति सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईसहित उपस्थितिमा दुवै जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । अधिकारीको प्रस्तावकमा प्रदेशसभा सदस्य सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी रहनुभएको छ भने कोइरालाको प्रस्तावकमा रामप्रसाद मेहता र समर्थकमा शिला दीक्षित कार्की हुनुहुन्छ ।राप्रपाले अन्य समूहबाट उद्धव पौडेललाई उम्मेदवार बनाउने जानकारी दिएको छ ।
मधेश प्रदेशमा नेकपा ९एमाले० बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।सोमबार प्रादेशिक निर्वाचन कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन कार्यालयमा मधेश प्रदेशका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिनुभयो ।यसअघि एमालेबाटै उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुग्नुभएका अर्जुनसिंह राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किएको सूचना अधिकारी राउतले बताउनुभयो । मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटका लागि आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।
यता राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा ९एमाले० बाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको ।
दाङ निवासी एमाले नेता केसीले महिला सिट र पाल्पा निवासी क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । एमालेका नेता तथा कार्यकर्ताहरुको साथमा घोराही उपमहानगरपालिका(१५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर केसी र घर्तीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य सीता शर्मा चौधरी रहनुभएको छ भने घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरी रहनुभएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि दुई सिटमा निर्वाचन हुनेभएको छ ।
राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा गठबन्धन दलले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशमा अन्यतर्फ गोरखाका किरणबहादुर श्रेष्ठ, अपांगरअल्पसंख्यकतर्फ तनहुँका पदम परियार र महिलातर्फ पर्वतकी मनरुपा शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
श्रेष्ठ र परियार नेपाली कांग्रेस र शर्मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।यसअघि नेकपा एमालेबाट अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।
राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुँदैछ । गण्डकीमा अन्य, महिला र अपाङ्गतारअल्पसंख्यकमा १र१ गरी तीन क्लस्टरमा निर्वाचन हुनेछ ।गण्डकी प्रदेशबाट निर्वाचित भई राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन् ।