विन्ध्यवासिनीमा रक्तदान हुने

पोखरा , पुस २३ गते ।पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा रक्तदान हुने भएको छ ।

विद्यालयको ७७औं वार्षिक उत्सवको पुर्व सन्ध्यामा यही पुस २६ गते विहान रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । हिउँदको वेला अधिकांश सघ संस्थाले रक्तदान कार्यक्रम नगर्ने भएकाले यो सिजनमा पोखरामा रगतको अभाव देखिने गरेको छ ।

 

रगतको अभावलाई केही मात्र भएपनि न्युनिकरण गर्न विद्यालयले प्रत्यक वर्ष कार्यक्रम गर्ने र रक्तदानका विषयमा जानकारी गराउने उद्घेश्यले रक्त संचार केन्द्रको प्राविधीक सहयोगमा सो कार्यक्रम गर्न लागिएको विद्यालयका सह प्रधानाध्यापक एवं सुचना अधिकारी रामवहादुर वानियाले वताउनुभयो ।

 

 

कार्यक्रममा उपस्थित भएर सहयोग गर्न विद्यालयले सवैलाई आग्रह समेत गरेको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको वताईएको छ ।

 

 

पुस २७ गते आयोजना हुने वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना समेत गरेको छ ।सामुदायिक विद्यालयमा देशकै पहिलो नमुना विद्यालय वनेको विद्यालय पोखराकै पुरानो विद्यालय मानिन्छ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...