पाेखरा, पुस २९ गते ।जीवन ज्याेति केन्द्र म्याग्दीले रसिला परियारलाई आर्थिक सहयाेग गरेकाे छ ।
घाँस काट्न भिरमा जाने क्रममा लडेर उपचारत परियारलाई २७ हजार ६ सय ३५ रुपैयाँ सहयाेग गरेकाे हाे । घाँस काट्न जाने क्रममा डलेर घाइते परियारकाे पाेखराकाे गण्डकी हस्पिटलमा उपचार भै रहेकाे छ ।
“सेवा नै धर्म हो” जहाँ दुख र पिडा तेहा जिबन ज्योति सेवा भन्ने मुल नाराका साथ स्थापना भएकाे केन्द्रले आर्थिक अवस्था कमजाेर भएका ब्यक्तिहरुलाई आर्थिक सहयाेग गर्दै आएकाे केन्द्रका अध्यक्ष सृजना रिजाल कार्कीले जानकारी दिइन ।