पाेखरा,माघ १ गते ।नेपाल मगर संघ कास्कीको आयोजनामा भएको शुभकामना आदन प्रदान, विद्यार्थी सम्मान, खेलकुद पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम २०८० समापन भएको छ ।
माघे सक्रान्तिको अवसरमा भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । उक्त अवसरमा गुरुङले संख्याको आधारमा आदिवासी जनजातिहरुलाई समाबेसी समानुपातीक र प्रतिनीधित्व गर्नुपर्नेमा जोड दिनुभयो ।
नेतृत्व तहमा प्रतिनिधित्व नभए सम्म आदिवासी जनजातिको अधिकार सुनिश्चित नहुने, उनको जिकिर रहेको थियो । मातृभाषा सवैले अनिबारे सिक्नुपर्ने र अधिकारका लागि सवै एक हुनुपर्नेमा समेत उनको जोड रहेको छ ।
नेपाल मगर संघका केन्द्रीय उप–महासचिव खेम पुनमगरले इतिहास मेट्ने अधिकार कसैलाई नभएको भन्दै, प्रत्यक्ष रुपमा बसेर छलफल र बार्ता गरी समस्याको समाधान गनुपर्ने बताए ।
गणतन्त्र विरोधीहरुले आदिवासी जनाजातीहरुलाई विभाजनका लागि प्रयत्न गरिरहेको जानकारी दिदै, पुनमगरले यस प्रति सवै आदिवासी जनाजातीहरुलाई सजक हुनका लागि आग्रह गरे । आदिवासी जनजाति समन्वय समिति गण्डकी प्रदेशका मुख्य सचिव सुजन लामाले आप्mनो भाषा संस्कार, संस्कृति संरक्षण सँगै, आप्mनो अधिकारलाई विर्सन नहुने बताए ।
नेपाल मगर संघ केन्द्रीय समिति भाषिक उपाध्यक्ष फुलकुमारी थापा मगरले पछिल्लो समयमा भाषा लोप हुदै गएकोमा चिन्ता व्यक्त गर्दै, सवैलाई भाषा सिक्न र सिकाउनुका साथै, भाषा संरक्षणमा लागेको अवस्थामा मात्र संस्कार, संस्कृति र रितिरिवाज संरक्षण हुने विश्वास व्यक्त गरे । तमुधि नेपालका अध्यक्ष हुम बहादुर तमुले प्रथम सहिद लखन थापा मगरको सालिक माथी बारामबार प्रहार गरिरहदाँ सरकारले रामराज्य हेरी रहेको आरोप लगाए ।
यस प्रति आफु सहिद हुन तयार भएको बताउदै उने सवै मगर सामुदाय तथा आदिवासी जनाजाति सवै एकताका साथ जस्तौ सुकै परिस्थितमा अघिवढ्नुपर्नेमा जोड दिए । साथै २०८४ को चुनावमा आप्नै सामुदायलाई नेतृत्व तहमा पुु¥याउन सके जनजातिहरुको आवाजको संबोधन हुने जानकारी गुरुङले दिए ।
कास्की प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुशासन विकास निर्माण तथा हरेक सेवा प्रवाहमा समन्वय गरी अघि वढ्नु पर्ने आवश्यक भएको बताए । यस भन्दा अघि सदभाव भत्काउन प्रयास गरिएको स्मरण गर्दै, अधिकारी घिमिरेले बुद्धिमता, सहिष्णुताका साथ चिर्न सफल भएको जानकारी दिए ।
कार्यक्रममा पाँचौ माघे सक्रान्ति अन्तर इकाई स्तरीय व्याडमिन्टन तथा डोरी तान्ने खेलमा प्रथम तथा द्धितिय हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु र सहयोग दाताहरुलाई सम्मान गरिएको थियो भने, विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत् गरिएको थियो ।
संघका जिल्ला अध्यक्ष राम बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष सुव्दार मेजर चन्द्रबहादुर पुन मगरले दिएका थिए भने, सचिव लाल बहादुर रानामगरले कार्यक्रम सञ्चालन गरेका थिए ।