होमस्टे प्रवद्र्धनमा संञ्चारकर्मीको भुमिका महत्वपूर्ण

एकराज गिरी/पोखरा, माघ २ गते । होमस्टेमा आउने आन्तरीक वा बाह्य पर्यटकलाई स्थानीय उत्पादनका परिकार खुवाउन र ग्रामीण परिवेश देखाउन सके मात्रै स्थानीयले रोजगारीसंगै आर्जन गर्न सक्नेमा जोड दिइएको छ । पछिल्लो समय होमस्टेमा बास बस्न जानेहरुको संख्या ह्वत्तै बढेको छ । नेपालका ग्रामीण क्षेत्रमा खोलिएका होमस्टेहरु आन्तरीक पर्यटकले भरिभराउ हुने थालेका छन् ।

सहरको कोलाहाल र व्यस्त जीवनबाट मुुक्क्त बनाउने ग्रामीण परिवेशमा रहेर आनन्द लिन होमस्टेमा जानेहरुको संख्या बढेको हो । विशेष गरी शुक्रबार, शनिबार र अन्य विदाका दिनमा होमस्टेमा आउनेहरुको संख्या बढेको पोखरा महानगरपालिका वडा नम्वर १६मा रहेको रिंन्जे नाँसा होमस्टेका अध्यक्ष एवं सञ्चालक शमशेरबहादुर गुुरुङले बताए । उनले होमस्टेले रोजगारी र आयआर्जन दुवै हुने भएकाले ब्यवस्थित रुपमा सञ्चालन गर्दा रोजगारीका लागि विदेशमा भौतारिनुु पर्ने अवस्था नआउने समेत बताए । उनले आफुले ५० जनासम्मलाई सेवा दिनसक्ने गरी होमस्टे सञ्चालन गरेको बताए । उनले सञ्चालन गरेको होमस्टेमा प्रेस क्लब गण्डकीले आफनो बार्षिक साधारणसभाको अवसरमा ‘आन्तरिक पर्यटन प्रर्वद्धनमा होमस्टे र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो ।

कार्यक्रममा बोल्ने अधिकांश ब्यक्तिहरुले स्थानी उत्पादन, मौलिक कला र संस्कृति पस्कन सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नसकिनेमा जोड दिए ।कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले अन्तरक्रिया कार्यक्रममा बोल्दै होमस्टेमा गरिएको स्वागत र गाउँको विशेषताको बारेमा दिइएको जानकारीबाट प्रभावित भएको बताए । होमस्टे व्यवसायको विकासको लागि तथा गाउँलेलाई परेको समस्यालाई समाधान गर्न समेत आफ्नोतर्फबाट उपयुक्त भूमिका खेल्ने उनको प्रतिवद्धता थियो । पुराना संस्कार संस्कृति र भाषा लोप हुने अवस्थामा पुगेकोले तिनको संरक्षणका लागि सबै जुट्नुपर्नेमा उनले जोड दिए ।

 

उनले ग्रामीण पहिचाउन जोगाउन चुुनौति रहेको बताए । नेपालमा बढदो पश्चिमा संस्कृतिको हस्तक्षेपका कारण नेपालीपन हराउदैँ गएको बताए । आगन्तुकसंगै रैथाने शब्दसँगै भातृभाषा जोगाउन नसकिने अवस्था छ उभनले भने,देशको समृद्धि पर्यटनसँग जोडिएकाले गाँउहरुलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न जरुरी रहेको बताए । उनले होमस्टेको प्रचार प्रसारमा सञ्चारकर्मी र सञ्चार माध्यमको भुमिका महत्वपूर्ण रहेको बताए । सञ्चार माध्यमले प्रचार नगर्ने हो भने कहाँ के छ भन्ने जानकारी नहुने बताउदै पर्यटन प्रवद्र्धनमा पत्रकारीता क्षेत्रले सकरात्मक भुमिका खेल्नुुपर्नेमा जोड दिए ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं प्रेस क्लब गण्डकीका सल्लाहाकार सरिता तिमिल्सिना पंगेनीले होमस्टेले पर्यटन प्रर्वद्धनमा निकै महत्वपूर्ण भुमिका खेलेको बताउदै प्रचारप्रसारका लागि पत्रकारहरुले सहयोग गर्ने बताइन् । उनले पत्रकारले होमस्टेका सकरात्मक विषयलाई प्रकाशन गरेर आन्तरीक तथा बाह्य पर्यटक समक्ष पुु¥याउन भुमिका खेल्ने बताइन् ।

 

पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले ग्रामीण परिवेश, त्यहाँको रहनसन, कला र संस्कृति बुुझाउन होमस्टे महत्वपूर्ण माध्यम बनेको बताउदै स्थानीयले आर्थिक रुपमा समेत फाइदा दिनसक्ने बताए । पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले पत्रकारिताका माध्यमबाट ओझेलमा परेका तर सम्भावना बोकेका गाँउहरुको प्रचारमा भुमिका खेल्ने बताए । प्रेस चौतारीका केन्द्रीय महासचिव एवं क्लबका सल्लाहाकार सुुष्मा पौडेलले पछिल्लो समय होमस्टेहरु आन्तरीक पर्यटकको रोजाईमा पर्ने गरेको बताउदै स्थानीय उत्पादन र मौलिक संस्कृतिले आर्थिक विकासमा टेवा पुुग्ने विश्वास ब्यक्त गरिन् ।

 

पोखरा १६का वडासदस्य रामचन्द्र आचार्यले ग्रामीण क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारवीच समन्वय सहकार्य गरेर आगडि बढनुपर्नेमा जोड दिए । कुना कन्दरामा रहेर पर्यटन प्रर्वद्धन गरिरहेका होमस्टेको बारेमा आम सर्वसाधरणलाई जानकारी गराउँदै सो ठाउँसम्म पुग्ने वातावरण निर्माण गर्न सञ्चारकर्मीले भूमिकाका खेलिरहेको बताउदैँ आगामी दिनमा पनि त्यसलाई महत्व दिन आग्रह गरे ।प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष राजाराम पौडेल र सचिव गौरव त्रिपाठीले बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...