स्नाे भ्यु र हेमजा बोडिङ अन्तर बिद्यालय फुटबल प्रतियोगिताको फाइनलमा 

हेमजा,  माघ।लियो क्लब अफ हेमजाको आयोजनामा पोखरा २५ हेमजामा भएको अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८० को फाइनलमा स्नो भ्यु इङलिस बोडिङ र हेमजा बोडिङ स्कुल फाइनल प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा धवलागिरीलाई हेमजा बोडिङ स्कुलले ५-१ गोलले पराजित गर्‍यो । त्यस्तै दोस्रो सेमिफाइनलमा  स्नो भ्यु बोडिङ स्कुलले  गौरीशंकर मा. बि लाई ट्राइबेकरमा ४-१ गोलले पराजित गरेको छ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।
खेलकुदको माध्यमबाट विद्मार्थी युवाहरुमा एकता भाइचारा सम्बन्ध कायमं गर्दै विद्मालय बालबालिकालाई खेलकुदमा अभिरुची जगाई राख्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

 

प्रतियोगितामा  प्रथम द्धितिय साथै उन्य उत्कृष्ट विधामा विभिन्न पुरस्कार रहेको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...