पोखरा, माघ १२ गते ।नेपाल पत्रकार महासंघ कास्कीले आज ७ जनाद पत्रकारलाई पुरस्कृत गरेकाे छ ।
पुरस्कृत पत्रकारहरुमा कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल, कृपा भण्डारी, टंक अधिकारी र दिननाथ बराल रहेका छन ।
महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित भएका छन । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।
यस्तै स्व टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाल पुरस्कृत भएका छन । यस पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत भएकी छन ।
सोही कार्यक्रममा पत्रकार टंक अधिकारी र दिनानाथ बराललाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिएकाे छ । पुरस्कृत पत्रकारहरुलाई आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कृत गरे ।