पाेखरा, माघ १३ गते । पाहुना टाेलि पाराे एफसी भुटानलाई हराउँदै थ्री स्टार क्लव सेमिफाइनल प्रवेश गरेकाे छ ।
पोखरा रंगशालामा जारी आहारारा पोखरा गोल्डकपमा भुटानको पारो एफसीलाई २–० गाेलले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा स्थान पक्का गरेकाे हाे । अतिरिक्त समयमा आशिष चापागाईं चम्किदा थ्री स्टारले सेमिफाइनल यात्रा तय गर्दा पाहुना टाेलि भुटान पहिलाे खेलबाटै बाहिरियो ।
चापागाईंले अतिरिक्त समयको २४ र २६ औं मिनेटमा गोलकाे खडेरीलाई ताेडे । चापागाईंले अतिरिक्त समयको २४ औं मिनेटमा पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै बललाई पाेष्टकाे दिशा देखाउदै क्लबलाई अग्रता दिलाए ।
भुटान विरुद्ध थुप्रै अवसर सृजना गरेकाे थ्री स्टारले गाेलकाे खाता खाेल्न अतिरिक्त समयकाे सहारा लिनुपर्याे । क्लबका लागि दाेश्राे गाेल २६ आै मिनेटमा गर्दै आशिषले थ्री स्टारकाे जित सुनिश्चित गरे ।पहिलाे पटक आहा रारामा सहभागीता जनाएकाे भुटानले गाेल गर्ने थुप्रै अवसर सृजना गरेपनि असफल भएपछि यात्रा टुङग्याउन बाध्य भयाे ।
चापागाईंले पारोका किपर जाङ्पो विपक्षी पाेष्टमा पुगेकाे माैकालाई छाेप्दै मध्यभागबाट प्रहार गरेकाे बल पाेष्टमा छिरेपछि गाेल अन्तर दाेब्बर बनाउदै खेल टुंग्याए ।
निर्धारित खेल गोलरसहित बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थ्रीस्टार प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । आमन्त्रित भुटानी लिग विजेता टिम पारो एफसी बाइ पाउँदै सिधै क्वाटरफाइनल खेलेकाे हाे ।