अरुणा लामा – तारादेवी स्मृति साँझ सम्पन्न

पोखरा । हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्ज सह आयोजनामा पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

 

साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रबचनबाट कार्यक्रमको शुरुवात गरे । त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गरेका थिए ।

 

डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड र रुपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुलको सहकार्यमा भएको कार्यक्रम पोखरा–९ न्यूरोड संगम मार्गस्थित माछापुच्छे बैंक्यूटमा भएको थियो । कार्यक्रममा स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्यूट दिएका हुन् ।

 

करीब दुई घण्टासम्म चलेको कार्यक्रममा हार्मोनीका अध्यक्ष ईतु जोजिजुले अरुणा लामाको ‘तिम्रो माया पथ्थरको झुक्याउने रुप जस्तो, तारादेवीको ‘तिम्रो नाम अझै छ ओठमा’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको फुलैफुलको मौषम तिमीलाई’, रजनी रिदम राईले अरुणा लामाको चौतारीमा बसेर रुन पाउ, तारादेवीको मनको निश्चलतामा, मितु पालले अरुणा लामाको ‘म त चुपचाप बँसे’ र तारादेवीको ‘आमा भएर बोकि हेर’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्यूट दिएका थिए ।

 

शितल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी र तारादेवीको ‘एक फुल झरेर के भो’, अजुदा थापाले अरुणा लामाको ‘कल कल सल सल र तारादेवीको आउन आउ तिम्रो खुसी’ बोलको गीत स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित गरेर गाएकी थिइन् । कार्यक्रमको अन्त्यमा लक्ष्मी गिरीसहितका गायिकाहरुले गायिकाद्वयका चर्चुत गीतहरुको मिड्ले (गीतका छोटा छोटा प्याकेज प्रस्तुति) प्रस्तुत गरि बिट मारेका थिए ।

 

कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण भएको थियो । अघिल्लो वर्षदेखि शुरु भएको अरुणा लामा–तारादेवी स्मृति साँझ हरेक वर्ष आयोजना गरिएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

 

डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड र रुपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुलको संयुक्त प्रस्तुतिमा हुने कार्यक्रमको सहयोगीहरुमा अटोवेज, सेलवेज, सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), यामाहा सोरुम, सिटीजन फर्निचर, नारी कलेक्सन, कञ्चन क्यापिटल प्रालि, रारा चाउचाउ, पृथ्वी सुनचाँदी तथा सुपथ कुन्दनिका ज्वेलर्स, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा, सुनचाँदी व्यवसायी संघ कास्की रहेका थिए ।

 

त्यस्तै कार्यक्रमको हस्पिटालिटी पार्टनरमा म्याजिस्टिक लेक फ्रन्ट होटल , साउण्ड पार्टनरमा एसके साउण्ड एण्ड लाईट्स, मिडिया पार्टनरका रुपमा पब्लिक फोरके टेलिभिजन र एडभरटाईजिङ पार्टनरमा परिचय एडभरटाईजिङ रहेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...