माेटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्युु

पोखरा, माघ १५ गते ।कास्कीमा माेटरसाइकल दुर्घटना हुदा एक जनाकाे मृत्युु भएकाे छ ।

शनिबार राति श्रीमान श्रीमती चढेकाे  सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतिको मृत्यु भएको हाे।

 

लेखनाथबाट रुपा गाउँपालिका जाँदै गरेको ग १४ प १५८५ नम्बरको मोटरसाइकल रुपा ६ स्थित घिमिरेथरमा दुर्घटना हुँदा ३० वर्षीय कृष्णमाया न्यौपाने गम्भीर घाइते भएकी थिईन् ।

 

गम्भीर घाइते  न्यौपानेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

कास्की प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक (श्रीमान) ३५ वर्षीय बरुण न्यौपाने भने सकुुशल रहेकाे जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...