प्रिन्सले पाए बाईक

पोखरा, माघ ।राष्ट्रिय च्याम्पियन तथा शिर्ष एक बरियतामा रहेको प्रिन्स दाहालले मोटरसाईकल उपहार प्राप्त गर्ने भएका छन् ।दाहालले नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले काठमाण्डौमा आयोजना गर्ने १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किग ब्याडमिन्टन प्रतियोगिताका दौरान दाहाललाई उक्त उपहार प्रदान गर्न लागिएको हो ।


राष्ट्रिय ब्याडमिन्टन संघले प्रतियोगिताको सुरुवात गर्दा पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किग ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीहरुलाई मोटरसाईकल प्रदान गर्ने घोषणा बमोजिम यसपटक यो उपहार पिन्सलाई प्रदान गर्न लागिएको हो ।

बिश्व ब्याडमिन्टन जुनियरमा शिर्ष १ मा रहिसकेका र हाल नेपाल ब्याडमिन्टन संघको शिर्ष १ मा रहेका प्रिन्सले पुष्पलाल स्मृती ब्याडमिन्टनको १० औं, ११ औं र विराटनगरमा भएको १२ औं संस्करणमा विजय हात पार्न सफल भएका छन् ।
यस अघि यो उपहार महिला तर्फ सरादेवी तामाङ्ग र पुरुष तर्फ रत्नजित तामाङ्ग (दीदी भाई)ले जितेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...