राष्ट्रिय माविको हीरक जयन्तीको अवसरमा रक्तदान

पोखरा, माघ २५ गते ।स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो शनिबार खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।


२० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाउने कार्यतालिका अनुसार आउदो शनिबार अर्थात २७ माघमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । यस अघि गत २० मंसिरमा प्रभातफेरी सगै हीरक महोत्वको शुभारम्भ भै सकेको छ । हिरक महोत्सव अन्र्तगत प्रभात फेरि पछि विद्यालयले रक्तदान कार्यक्रम गर्न लागेको विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाले जानकारी दिए । विद्यालयले सामाजिक उतरलायित्व अन्र्तग कार्यक्रम आयोजन ागर्न लागेको भनाई उनको छ । कार्यक्रममा धेरै भन्दा धेरैको सहभागिता गराउने गरि आफुहरुले काम गरिरहेको सापकोटाले जानकारी दिए ।

 

हीरक महोत्सव अन्र्तगत आउदो ८ बैशाख ०८१ मा विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्यहरु बिच परिचय सगै अनुभव आदान प्रदानको गर्ने उदेश्यले पुनमिलन समारोह आयोजना गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले जानकारी दिए । पुनमिलन सगै सोही दिन विभिन्न मनोरञ्जनात्कम र सास्कृतिक कार्यक्रमहरु गरिने राणले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...