कालीगण्डकी नदीमा राष्ट्रिय र्‍याफ्टिङ तथा कायाकिङ प्रतियोगिता गर्दै गण्डकी प्रदेश

पोखरा ।   गण्डकी प्रदेश सरकार र नेपाल ¥याफ्टिङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय ¥याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ ।

मालढुंगास्थित कालीगण्डकीमा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रिय ¥याफ्टिङ  तथा कायाकिङ प्रतियोगिता हुन लागेको हो ।

पर्वतको जलजला गाउँपालिका १ स्थित कालीगण्डकी नदीमा माघ २७ देखि फागनु १ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको नेपाल ¥याटिङ कनुसंघका टेक्निकल डायरेक्टर नीम मगरले बताए ।

‘साहसिक खेलमार्फत पर्यटक भित्राउन हामीले यसपटक कालीगण्डकी नदीमा राष्ट्रिय स्तरको ¥याफ्टिङ र कायाकिङ प्रतियोगिता आयोजना गर्दै छौं, डायरेक्टर मगरले भने, ‘उक्त प्रतियोगिताको पर्वतको जलजला गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा सञ्चालन गर्दैछौं ।

उनका अनुसार कायाकिङ प्रतियोगितामा करिव ३०–३५ जना र ¥याफ्टिङमा ८ टिमको सहभागिता रहनेछ । ¥याफ्टिङ प्रतियोगिता ४ विधामा सञ्चालन हुनेछ ।

एक टिममा ५ जना ९आर फोर० रहनेछन् । जसमा स्प्रिन्ट ९२५०मिटर०, हेड टु हेड ९३५० मिटर०, स्लालम ९४५० मिटर० र ड्राउ रिभर रेस १५ किलोमिटर मा प्रतिस्पर्धा हुनेछ । ४ विधामा १ हजार अङ्कका लागि प्रतिस्पर्धा हुनेछ ।

यस्तै कायाकिङ प्रतियोगिता ३ किलोमिटर क्षेत्रमा स्लालम र कनुकायक विधामा प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...