तमु धिंमा आमाहरुलाई ट्राफिक सचेतना

पोखरा, फागुन १० गते ।तमु धिं नेपाल केन्द्रिय आमा समितिले विहिवार तमु आमाहरुलाई ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ।


कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका पुर्व नारी संयोजक तथा गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य मिना गुरुङले कार्यक्रमको उद्घाटन गर्नुहुदै आमाहरुलाई सचेतना गर्नुृ परिवार नै जागृत हुनु हो भन्दै ट्राफिक सचेत सबैका लागि अपरिहार्य भएको बताउनुभयो। उहाँले आमाहरुले अब राजनिति, आफ्नो अधिकार, सामाजिक परिवर्तनमा निर्णायक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

 

कार्यक्रममा विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले मातृशक्तिको एकता र समाज एवमु मुलुक समृद्ध बनाउन जागरुक हुनुपर्नेमा जोड दिदै ट्राफिक नियमका बारेमा सचेत हुनु भनेको आफै र अरुलाई दुर्घटनाबाट जोगिनु जोगाउनु हो भन्नुभो।

 

 

उहाँले १८ औं पोखरा म्याराथनमा तमु धिं नेपाल केन्द्रिय आमा समितिको तर्फबाट ५ किमी महिला भेट्रान्स तर्फ सहभागी समितिकी सदस्य चित्रकुमारी गुरुङ प्रथम, सचिव विष्णु गुरुङ दोश्रो हुनुभएको र अध्यक्ष पवित्रादेवी गुरुङ, महासविच बालकुमारी गुरुङ र कोषाध्यक्ष आसकासी गुरुङले मेडलसहित प्रमाणपत्र प्राप्त गर्न सफल हुनु आमा समितिको गौरव भएको भन्दै बधाई दिनुभयो।

 

उक्त कार्यक्रममा कास्की जिल्ला ट्राफिक प्रहरी कार्यलयबाट भिमबहादुर खत्रीले ट्राफिक नियम, आवाश्यक सावधानी र नियम उल्र्लङघनले निम्तने परिणाम लगायतका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

 

कार्यक्रममा १८ औं पोखरा म्याराथनमा तमु धिं नेपाल केन्द्रिय आमा समितिको तर्फबाट ५ किमी महिला भेट्रान्स तर्फ सहभागी समितिकी सदस्य चित्रकुमारी गुरुङ प्रथम, सचिव विष्णु गुरुङ दोश्रो, अध्यक्ष पवित्रादेवी गुरुङ, महासविच बालकुमारी गुरुङ र कोषाध्यक्ष आसकासी गुरुङले मेडलसहित प्रमाणपत्र प्राप्त गर्न सफल हुनु भएको एवम कार्यक्रमका प्रमुख अतिथि मिना गुरुङ प्रेस चौतारी पत्रकारिता सम्मान, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ प्रेस चौतारी सम्मान र तमु साँस्कृतिक प्रतिष्ठानबाट पार्वता तमु स्मृति पुरस्कारबाट पुरस्कृत भएको भन्दै आमा समिति र दीप तमु समाज आमा समितिको तर्फबाट बधाईका साथै सम्मान गरिएको थियो। दौडमा विजेताहरु चित्रकुमारी तमु र विष्णु तमुले आमा समितिलाई ५ हजार र प्रमुख अतिथि मिना गुरुङले ५ हजार रुपैया सहयोग गर्नुभएको थियो।

 

तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पवित्रादेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय तमु समाज एवम स्थानिय आमा दिदिबहिनीहरुको बृहत सहभागीता रहेको थियो भने कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष बिना गुरुङ र संचालन महासचिव बालकुमारी गुरुङले गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...