बाह्रखरी गल्फ चैत १ गतेदेखि पोखरामा

पोखरा । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ ।शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चैत १ गतेदेखि ३ गतेसम्म आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी गराइएको छ ।

 

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले चैत १ गते आयोजना गरिएको साइकल ¥याली, २ गते र ३ गते आयोजना गरिएको गल्फ प्रतियोगिताका बारेमा जानकारी गराएका थिए ।चैत २ गते नै पोखरामा वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँग मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मेयर धनराज आचार्यले छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् भने नेपालस्थित विदेशी राजदूत तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् ।

 

प्रधानले अहिलेको संकटको समयमा पनि एनसेल, बीवाईडीसहित अन्य निजी क्षेत्रका संस्थाले देखाएको उदारताको प्रशंसा गर्दै त्यसले नै कार्यक्रम सफल बनाउन आफूहरुले ऊर्जा थपिएको बताएका थिए ।उनले वार्षिकरुपमा पोखरामा नै गल्फ प्रतियोगिता र अन्य कार्यक्रम आयोजना गर्ने मनसाय रहेको पनि बताए ।पोखराका मेयर धनराज आचार्यले बाह्रखरी गल्फले पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गर्ने बताउँदै यस कार्यक्रमलाई महानगरपालिकाको क्यालेन्डरमा राख्नुपर्नेमा जोड दिए ।

 

“बाह्रखरी गल्फ र पोखरा महानगरपालिकालाई पर्यटनको राजधानी घोषणा कार्यक्रम सँगसँगै हुने देखिएको छ । पर्यटनको प्रवर्धन खेलको माध्यमबाट गर्न सकिने कुरो हो,” मेयर आचार्यले भने, “खेलमध्येको पनि अझ परिस्कृत खेल गल्फबाट पर्यटनको प्रवर्धन हुने र यसले दिने आर्थिक सर्कुलेसन सबै ठाउँमा पुग्छ । यसको माध्यमबाट हाम्रो सहरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पूर्याउन महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौँ । यो खेललाई हामीले हाम्रो क्यालेन्डरमा समावेश गर्न सक्यौँ भने सबैका लागि राम्रो बन्नेछ । यसका लागि हामीले गर्न पर्ने स्थानीय व्यवस्थापनमा महानगर तयार छ ।”

त्यसैगरी गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले पनि कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै वार्षिक क्यालेन्डर बनाएर पोखरामै आगामी वर्षमा पनि प्रतियोगिता गर्न आग्रह गरेका थिए ।उनले गण्डकी प्रदेशमा भएका सम्भावना र अवसरका बारेमा पनि विदेशी राजदूत र विकास साझेदार संस्थालाई जानकारी गराउने अवसर बाह्रखरीले जुटाइदिएको भन्दै खुसी व्यक्त गरे ।

 

त्यसैगरी गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले शुभकामना व्यक्त गर्दै पोखरामा रहेको गल्फ कोर्स विश्वकै नमुना रहेको उल्लेख गर्दै त्यहाँ केही पूर्वाधारको अभाव भएको हुनाले स्थानीय सरकार र व्यवसायीले ध्यान दिनुपर्ने बताए ।उनले सात वर्षदेखि गल्फलाई निरन्तरता दिएको भन्दै बाह्रखरीलाई धन्यवाद व्यक्त गरेका थिए ।

 

“पोखरामा रहेको गल्फ कोर्स विश्वकै नमुनामध्येको पर्छ तर पूर्वाधारमा केही ध्यान पु¥याउनुपर्नेछ,” उनले भने, “एकजना गल्फर खेल्न बाहिर निस्किएपछि तीनवटा कोर्समा खेल्न मन पराउँछ त्यसैले यसको विकासका लागि मुस्ताङमा रहेको कोर्सलाई पनि सँगसँगै अघि बढाउनुपर्छ ।”
उनले कुनै पनि कार्यक्रम आयोजना गर्नु आफैंमा महत्त्वपूर्ण काम भए पनि निरन्तरता दिन सक्नु झनै राम्रो भएको बताए ।

गोकर्ण गल्फ क्लबका निर्देशक तथा नेपाल गल्फ एसोसियसनका महासचिव दीपक आचार्यले राज्यको अर्थतन्त्र र गल्फ क्षेत्रलाई चलायमान बनाउन बाह्रखरीले कार्य गरिरहेको आभार व्यक्त गरे ।“गत वर्ष पनि मैले भनेको थिएँ, धेरै चिजहरुको सुरुआत नेपालमा हुन्छन् तर, त्यसको निरन्तरता हुँदैनन्,” आचार्यले भने, “तर, बाह्रखरी मिडियाले २०१८ बाट यो गल्फलाई निरन्तरतामात्र नभई कसरी थप उर्जा दिन सकिन्छ भन्दै वर्षैपिच्छे यसलाई सुधार गरि राज्यलाई कसरी योगदान दिन सकिन्छ भनेर गरेको प्रयास म नेपाल गल्फ संघको पनि महासचिव भएको नाताले बाह्रखरीलाई धेरै धेरै बधाई दिन चाहन्छु । यसपाली पनि बाह्रखरीले गल्फ एन्ड वियोन्ड भनेर राज्यको अर्थतन्त्रलाई र गल्फ क्षेत्रलाई चलायमान बनाउन उहाँहरु तल्लिन हुनुहुन्छ । यसको लागि हामी आभारी छौँ ।”

 

युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष निरन केसीले बाह्रखरी गल्फ पोखरामा हुनु गर्वको कुरा भएको बताए ।“बाह्रखरी गल्फको नाम नै परिचित बनिसकेको छ । यो प्रतियोगितालाई पोखराको क्यालेन्डरमा समावेश गर्न सकिए यसले हाम्रो क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन अझ सहयोग गर्ने छ,” उनले भने, “यस प्रकारको कार्यक्रममा हामीलाई पनि सहयोगी बनाउनुभएको बाह्रखरीलाई धेरै धेरै धन्यवाद । बाह्रखरी यहाँ हुन पोखराको गर्वको कुरा हो । यसलाई पोखरामै गराउने प्रयास जारी नै राख्नेछौँ । यसका लागि सम्पूर्णमा साथ र सहयोगको आग्रह गर्दछु ।”

 

पोखरा पयर्टन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमै स्थापित भइसकेकाले बाह्रखरी गल्फ पयर्टन प्रवर्धनका लागि महत्वपूर्ण हुने बताए ।“पोखरा पर्यटन परिषदको अनुरोधलाई स्वीकार गरेर यो भव्य कार्यक्रम आयोजना गर्न लाग्नुभएकोमा बाह्रखरी मिडियालाई धन्यवाद,” श्रेष्ठले भने, “प्रकृतिको सालिनतासँगै खेलिने गल्फको नेपालजस्तो भु–बनोट भएको देशमा धेरै सम्भावना छ । गल्फले पोखरामा पयर्टन भित्र्याउने ठूलो सम्भावना बोकेको छ । अन्तर्राष्ट्रिय स्तरमै ब्रान्डको रुपमा स्थापित भइसकेको प्रतियोगिता बाह्रखरी गल्फ पर्यटन प्रवर्धनका लागि अत्यत्नै महत्वपूर्ण छ ।”

 

विकाश तथा सुशासन विज्ञ रमेश अधिकारीले बाह्रखरी गल्फ एन्ड वियोन्डबाट गण्डकी प्रदेश र यहाँका स्थानीय तहले फाइदा लिन सक्ने बताए ।“बाह्रखरी गल्फको सहयोगीको रुपमा सँगै यात्रा गर्न पाउँदा निकै खुसी छु । यसपटक गल्फ एन्ड बियोन्डबाट गण्डकी प्रदेश र यहाँका स्थानीय क्षेत्रले धेरै फाइदा लिन सक्नेछन् भन्ने आशा लिएको छु । बाह्रखरीलाई कार्यक्रमको सफलताको सुभकामना व्यक्त गर्न चाहन्छु,” अधिकारीले भने ।

 

हिमालयन गल्फ कोर्सका अध्यक्ष किरण केसीले पोखरामा प्रशस्तै सम्भावना रहेको भए पनि पूर्वाधारमा अझै जोड दिनुपर्ने बताए ।उनले ९० को दशकमा जस्तै पर्यटक आकर्षकका लागि विभिन्न कार्यक्रम ल्याउन जरुरी रहेको बताए ।उनले कोर्सलाई जोगाएर राख्न महंगो भएता पनि आफूहरुले त्यो काम गर्न सकेकोमा खुसी व्यक्त गरे ।उनले स्थानीय र प्रदेश सरकारले पूर्वाधारमा ध्यान दिए अझ अघि बढ्न सकिने बताए ।एनसेल कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखालक्ष्मी खड्काले विगत पाँच वर्षदेखि बाह्रखरीसँग जोडिन पाएकोमा खुसी व्यक्त गरिन् ।उनले भनिन्, “पाँच वर्षदेखि बाह्रखरी गल्फसँग जोडिन पाएकोमा खुसी छौँ, आगामी दिनमा पनि निरन्तरता दिने कोसिस अवश्य गर्नेछौँ ।”

 

 

साइमेक्स नेपाल (बीवाईडी)का प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अघिल्लोपटक आयोजना भएको प्रतियोगिताबाटै आफूहरु पनि यो कार्यक्रममा जोडिन पाए हुन्थ्यो भन्ने लागेको बताउँदै अहिले यस कर्पोरेट गल्फसँग जोडिदा खुसी लागेको बताइन् ।“हामी पनि ग्रीन इनर्जीमा काम गरिरहेका छौँ,” उनले भनिन्, “पोखरालाई ग्रीन सिटीका लागि अघि बढाउने प्रयास हामी सबैले गरौँ । यसले टुरिजमका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

 

 

युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष निरन केसीले सफलताको शुभकामना व्यक्त गर्दै आफूहरु पनि जोडिएर कार्यक्रम गर्न लागेको जानकारी गराएका थिए ।उनले युवा उद्यमीसँग युवा नेतृत्वको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताएका थिए ।कार्यक्रममा बाह्रखरी मिडियाका विशेष सम्पादक हरिबहादुर थापाले पोखराले दिएको मायाले नै दोहो¥याएर कार्यक्रम गर्न लागिएको बताएका थिए ।उनले आगामी दिनमा पनि पोखरामै कार्यक्रम गर्न सकेमा पर्यटन प्रवर्धन गर्न सकिने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...