कामना टोलद्वारा पत्रकार एमबी आस्था सहित विभिन्न ब्याक्तिहरु सम्मानित

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० मा रहेको कामना टोल बिकास संस्थाले पत्रकार एमबी आस्था सहित विभिन्न ब्याक्तिहरुलाई सम्मान गरेको छ ।

कामना टोल बिकास संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनको अवसर पारि संस्थालाई अतुलनिय योगदान गरेको भन्दै पत्रकार एमबी आस्था मगर, हिमालय बख्रेल, सुक बहादुर गुरुङ , सीमा गुरुङ र अमृता गुरुङलाई सम्मान गरेको हो ।

 

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले आफु निर्वाचित भएर आएपछि वडामा रहेकाा भित्री सडकको स्तरोन्नतीमा ध्यान दिदा अमरसिंह देखी कालिका स्कुल र हिमालय बैंक देखि वडा कार्यालय सम्मको सडक अलपत्र परेको वताए । आगामी वर्षभित्रमा उक्त सडकको स्तरोन्नती गर्ने उनको प्रतिवद्धता रहेको थियो ।

 

यसैबिच संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि पुनः कृष्ण बहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन । संस्थाको उपाध्यक्षमा जिवन वराल, सचिवमा डिल बहादुर कार्की, कोषाध्यक्षमा चन्द्र प्रसाद गुरुङ र सह कोषाध्यक्षमा सुक बहादुर गुरुङ निर्वाचित भएका छन । त्यसैगरी संस्थाको सदस्यहरुमा उमादेवी प्रधान, हुम कुमारी गुरुङ, डायमण्ड हमाल, रुद्र प्रसाद गुरुङ, राम प्यारी गुरुङ र राधा गुरुङ निर्वाचित भएका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...