केपी ओलि रोड रेस ५ कि. मि सडक दौड फागुन १९ गते हुने

पाेखरा, फागुन १५, कास्की । सुर्यतारा क्लब ( पोखरा) र नेपाल खेलकुद महासघ ( नेकोस )गण्डकीले आयोजना गर्न लागेको सुर्य तारा  खेल महोत्सव २०८० अन्तर्गत ५ कि . मि सडक दौड (दोस्रो केपी ओलि रोड रेश ) प्रतियोगिता २०८० , यहि फाल्गुन १९ गते शनिबार हुने भएको छ।

कुल ४ बिधा (कास्कि जिल्लाका सामुदायिक तथा निजि बिधालयका छात्र , छात्रा , खुल्ला महिला र +४५ भेट्रान्स) गरि संचालन हुने उक्त प्रतियोगीतामा प्रत्येक बिधा तर्फ बढीमा १०० जना गरि जम्मा ४०० जना प्रतियोगी प्रतिस्पर्धामा भाग लिन पाउने छन । ५ कि. मि दुरिमा दौड प्रतियोगिता हुनेछ । दौड भण्डारढिक खेल मैदान बाट सुरु भई , पोखरा बिश्वबिधालय गेट , पि. यु मार्ग, शिशुवा सिसाघाट मार्ग , शिशुवाचोक , नैबिसे मार्ग , आदर्स चोक हुदै पुन: भण्डारढिक खेल मैदानमा पुगि समापन हुनेछ। बिहान ७ बजे बाट शुरु हुनेछ उक्त दौड प्रतियोगिताको समुदघाटन पोखरा महानगरपालिकाको उपप्रमुख मन्जुदेवी गुरुङले गर्ने कुरा एथलेटिक्स प्रतियोगिता सयोजक हरि बडुवालले दिनु भयो ।

 

 

स्वास्थ्यको लागि खेल , सबैको लागि खेल भन्ने नारा सहित यहि चैत्र ३ गते देखि ११ गते सम्म पोखरा २९ भन्डारढिकमा रहेको प्रस्तावित रंगशालामा खेल महोत्सव हुदैछ ।

 

 

रास्ट्रीय तथा अन्तरास्ट्रिय खेलाडी समेतको सहभागिता रहने खेल महोत्सवले साबिक लेखनाथको परिचय दिनेछ । युवाहरुको खेल प्रतिको क्रेजलाइ मनन गर्दै यो बृहत् महोत्सवको तयारी गरिएको नेपाल खेलकुद महासंघका केन्द्रीय सचिब बिष्णु पुनले जानकारी गराए । नेपालमा थुप्रै क्लब र राजनितिक दलका भातृ संगठन हरु भएता पनि सुर्यतारा ( नेकोस ) ले गर्न लागेको खेल महोत्सवले जनमानसमा छुट्टै छाप छोड्ने र दुबैलाइ ससक्त रुपमा अगाडि बढ्नको लागि प्रेरणा दिने आयोजकले दाबी गरेका छन ।

 

 

दर्जनौ खेलहरु हुने महोत्सवमा दौडका सबै बिधा अन्तर्गत प्रथम पुरस्कार रु ७ हजार , दोस्रो पुरस्कार रु ५ हजार र तृतीय पुरस्कार रु ३ हजार रहेको छ । करिब १ हजार भन्दा बढी स्वयंसेवक र दर्शक हरुको समेत सहभागिता हुने आयोजकले बताएका छन । खेल महोत्सव सफल पार्नको लागि विभिन्न क्लब , सस्था र ब्यक्तिहरुले सहयोग जारी राखेका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...