पाेखराको हेमजामा चैत २५ देखि आलु महोत्सव

पोखरा,चैत १७ गते । आलु गाँउको रुपमा परिचित पाेखरा महानगरपालिका-२५ हेमजामा १२ आै राष्ट्रिय आलु महोत्सव हुने भएकाे छ।

सुन्दर गाँउ हेमजा जाँउ आलुका स्वादिष्ट परिकार खाँऔ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ विष्णुपादुका क्लव हेमजाकाे आयाेजनामा हुन लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हाे ।उक्त महोत्सवको तयारी पुरा अन्तिम चरणमा पुगेकाे आयोजक विष्णुपादुका क्लबले जनाएको छ ।

 

 

महोत्सव चैत २५ देखि २०८१ बैशाख ५ गते सम्म संचालन हुने मुल आयाेजक समिति संयाेजक वसन्त कुमार श्रेष्ठले जानकारी दिए । हेमजालाई कृषि पर्यटनको रुपमा चिनाउदै यहाँको विविध क्षेत्रको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

 

हेमजालाई समग्र रुपमा आर्थिक तथा सामाजिक, उत्पादनका लागि कृषि, पर्यटन, सांस्कृतिक, ब्यापार, खेलकुद, धार्मिक तथा अन्य क्षेत्रकाे रुपमा विकास गर्दै कृषि क्षेत्रकाे रुपमा परिचित गराउने, कृषि सवलीकरणका लागि पर्यटनका लागि जैविक विविधताकाे प्रचार प्रसार गरी कृषि पर्यटन क्षेत्रकाे रुपमा विकास गर्न ठाेस पहल गर्ने, हेमजालाई देश विदेशमा परिचित गराई हेमजाकाे कृषि उत्पादन तथा विकासमा टेवा पुर्‍याउने, सामाजिक एकता साथै यहाँको कृषकलाई कृषि व्यवसायमा आकर्षित गराउने लक्ष्य सहित महाेत्सव आयाेजना गरिएकाे आयाेजककाे भनाई रहेकाे छ ।

 

 

हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीको वृहत् प्रदर्शन तथा प्रचार प्रसार गर्ने, हेमजालाई व्यवसायीक कृषि पर्यटनको रुपमा देश विदेशमा चिनाउने, व्यवसायीक कृषि खेती सञ्चालन गर्न सहयाेग तथा अभिप्रेरित गर्ने तथा क्लबकाे भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गरने महाेत्सवकाे उदेश्य रहेकाे छ ।

 

 

महोत्सवमा आलुका परिकार स्टल, व्यवसायिक स्टल, कृषि प्रविधि प्रदर्शनी रहने आयोजकले जनाएको छ ।महोत्सवको मुख्य आकर्षणको रुपमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठुलो पहाड, आलुका विभिन्न परिकार, कृषकका लागि माटाे, वाेट बिरुवा परिक्षण तथा राेग निधान, कृषक र कृषि सम्वन्धि बिबिध सांस्कृतिक कार्यक्रम, कृषि झाँक्री प्रतियाेगिता, चर्चित कलाकारहरुकाे प्रस्तुति, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रहरुको प्रदर्शनी रहने आयाेजकले बताएकाे छ ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...