हिमाली स्काउटद्वारा आयोजित दोस्रो एफडब्लुएचसी कराते च्याम्पियनसिप सम्पन्न

पोखरा । बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले हिमाली स्काउट ट्रुपद्वारा आयोजित दोस्रो एफडब्लुएचसी कराते च्याम्पियनसिप सम्पन्न भएको छ । हिमाली स्काउट ट्रुपका अध्यक्ष टंकप्रसाद गुरुङको अध्यक्षतामा उक्त च्याम्पियनसिप सम्पन्न भएको हो ।

पोखरा महानगरपालिका १८ की जनप्रतिनिधि मिना कुमारी नेपालीको प्रमुख अतिथ्यतामा सञ्चालित च्याम्पियनसिपमा १ सय २८ जना खेलाडीहरु सहभागी रहेका थिए । जसमा हिमाली डोजोले ७ स्वर्ण पदक, ३ रजत पदक, ५ कास्य पदक जित्न सफल भई प्रथम स्थान हासिल गर्यो ।

दोस्रो स्थानमा आउन सफल मालेपाटन डोजोले ५ स्वर्ण पदक, २ रजत पदक र ६ कास्य पदक जित्यो ।

त्यस्तै हिमाली कम्युनिटी डोजोले २ स्वर्ण, ४ रजत र ४ कास्य पदक प्राप्त गरि तेस्रो स्थानमा आयो ।

उत्कृष्ट खेल प्रर्दशन गर्दै पुरुष तर्फबाट सिडब्लुए डोजोका मिलन नेपाली साथै महिला तर्फबाट हिमाली कम्युनिटी डोजोका एलिशा जलारी उत्कृष्ट खेलाडी घोषित भए ।

पोखरा महानगरपालिका २३ की वडा सदस्य रीता सुनुवार, नेपाल स्काउट गण्डकी प्रदेश स्काउट कार्यालयका प्रदेश प्रमुख आयुक्त सागर पौडेल, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश प्रादेशिक बाल अधिकार समितिका सदस्य विजय कुमार प्रधान, सामाजिक विकास महाशाखाका वरिष्ट सामाजिक विकास अधिकृत तथा बाल कल्याण अधिकारी विष्णुमाया पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन स्काउट मास्टर तथा कार्यक्रम संयोजक कृष्ण कुमार राजवाहकले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...