लमजुङ क्याम्पसमा दुई महिना देखि पठनपाठन ठप्प

पाेखरा, बैशाख ३ गते ।लमजुङको सुन्दरबजारस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विगत २ महिना देखि पठनपाठन ठप्प भएको छ । विद्यार्थी संगठनहरुको आन्दोलनका कारण लमजुङ क्याम्पसमा सम्पूर्ण शैक्षिक गतिविधिहरु अवरुद्ध बनेको हो ।

गत पुस २७ गते लमजुङ क्याम्पसको पुरुष छात्रबासमा नेवि संघ आबद्ध विद्यार्थीहरुले अनेरास्ववियु संगठित विद्यार्थीहरुलाई आक्रमण गर्दा अनेरास्ववियुका विद्यार्थीहरु गम्भीर घाईते भएका थिए । साथै उक्त घटनामा सोही क्याम्पसका उपप्राध्यापक पनि घाइते भएका थिए। उक्त घटना पछि क्याम्पस प्रशासनले असुरक्षाको कारण देखाउदै क्याम्पसमा पठनपाठन बन्द गरेको थियो र पुरुष छात्रावास पनि खाली गराएको थियो।

 

घटनामा संलग्न विद्यार्थीहरुलाई क्याम्पस प्रशासनले छानविन समिति बनाई त्रि.वि नियामावली अनुसार दोषी उपर कारबाही गर्ने निर्णय गरेको थियो । आफुलाई कार्बाही गर्ने निर्णय चित्त नबुझेको भन्दै नेविसंघका विद्यार्थीहरुले चैत्र १६ गते देखि क्याम्पसमा तालाबन्दी गरेका छन् । यसर्थ ,२ महिना देखि क्याम्पसमा सम्पूर्ण शैक्षिक गतिविधिहरु अवरुद्ध हुदाँ ५ सय विद्यार्थीहरु पठनपाठनबाट वञ्चित हुन पुगेका छन् ।

 

 

विगतका दिनमा क्याम्पसको कुनै पनि शाखा र संरचनामा तालाबन्दी गर्न नपाइने र गरेपनि स्वयम क्याम्पसले नै उक्त तालाबन्दी खोल्ने र मिति २०८०/११/९ गते जिल्ला प्रशासन कार्यालयको सर्वदलीय बैठकमा क्याम्पस प्रशासनले विगतमा भएका निर्णयहरुलाइ पूर्ण रूपमा कार्यान्वयन गर्ने भनेर गरिएको निणर्य पश्चात पनि क्याम्पस स्वयम उक्त निर्णय कार्यान्वयन प्रति प्रतिबद्ध नरहेको र तालाबन्दी गर्ने सम्बन्धित सङ्गठनले पनि अहिले सम्म पनि तालबन्दी खोल्ने केही सुरसार नगरेकाले विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएको छन्।

 

तालाबन्दीका कारण साताँै सत्रान्तको अनुसन्धान कार्यक्रममा र मङ्सिरमा प्रवेश परिक्षामा उत्तीर्ण भई लमजुङ क्याम्पस भर्ना भएका प्रथम सत्रान्तको अभिमुखिकरण कक्षामा समेत गहिरो असर परेको छ ।

 

यसका साथै सातौँ सत्रान्तको नियमित परीक्षा, छैठौं सत्रान्तको पुरक परिक्षा, दोस्रो र पाचौं सत्रान्तको प्रयोगात्मक परीक्षा पनि तोकिएको समयतालिकामा हुन सकेको छैन ।लामो समय सम्म क्याम्पसमा पठनपाठन सुचारु नहुदाँ पनि क्याम्पस प्रशासनले कुनै निर्णय लिन सकेको छैन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...