जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व तथा नेतृत्व सीप विकासका लागि दुई दिने उद्घोषण तालिम पोखरामा मंगलबार सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष कृष्ण रानाभाटले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए । कार्यक्रमको सफलताको कामना गर्दै कुनै पनि तालिमले व्यक्तिको क्षमता अभिवृद्धि हुने भएकोले समय मिलेसम्म तालिम लिइरहनु पर्ने बताए ।

 

त्यसै गरी सुचनाको हकको लागि नागरिक अभियान पोखरा महानगरपालिकाका अध्यक्ष अनिल थापा, वेभपेज नेपालका प्रोपाइटर पितम सेन लगाएतले औपचारिक तथा अनौपचारिक कार्यक्रममा वोल्ने कलाको महत्वपूर्ण भूमिका रहने वताउँदै उद्घोषण तालिमको महत्वको बारेमा बोलेका थिए ।

 

प्रशिक्षणको सहजिकरण कास्की खबर डट कमका समाचार प्रमुख सागर कार्कीले गरेका भने तालिममा केन्द्रका म्याग्दी, स्याङ्जा, तनहुँ र कास्की जिल्लाका ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

 

केन्द्रकी अध्यक्ष सृजना रिजाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रिय उपाध्यक्ष ईन्द्रा कुमारी पुनले र संचालन सचिव तिलुमाया थापा खवासले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...