एलजी एशोसियसन कास्की लिग च्याम्पियन

पोखरा । बलराम केसी स्मृती कास्की जिल्ला लिगकम नकआउट फुटबल प्रतियोगितामा एलजी एशोसियसन च्याम्पियन बनेको छ ।पोखरा रंगशाला आइबार भएको फाइनल खेलमा भ्याली स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एलजी एशोसियसन च्याम्पियन बनेको हो ।


एलजीको जितमा आशिष गुरुङ नायक बने । एलजीका लागि ३ गोल आशिषले नै गरे । पहिलो हाफको १७ औ मिनेटमा गोलको खाता खोलेको उनले । दोस्रो हाफको २४ औ र ३९ औ मिनेटमा गोल गर्दे व्याक्तिगत ३ गोल गरे । खेलको म्यान अफ दि म्याच पनि आशिष नै भए ।उपाधी जितेको एलजीले शिल्ड,मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्यो । त्यसैगरि उपविजेता भ्यालीलाई शिल्ड,मेडल तथा प्रमाणपत्र सहित नगद ६६ हजार ६६ सय ६६ प्रदान गरेको खेल संयोजक नर जङ्ग गुरुङले जानकारी दिए ।

प्रतियोगिताबाट एलजी एशोसियसनका यम बहादुर श्रेष्ठ सर्वोकृष्ट खेलाडी घोषित भए ।त्यसैगरि सोही क्लबकै आशिष गुरुङ उत्कृष्ट फरवार्ड र सर्वाधिक गोलकर्ता बने । भ्यालीका गोलकिपर सृजन श्रेष्ठ उत्कृष्ट गोलकिपर,एलजीको कन्या गुरुङ उत्कृष्ट डिफेन्डर र एलजीकै प्रेम छन्तयाल उत्कृष्ट मिडफिल्डर चुनिएका थिए ।

विजेता टोलीले प्रदेश स्तरीय फुटबलमा सिधै भाग लिन पाउने व्यवस्था छ । तर अहिले नै एन्फाले त्यसको निर्णय गरि नसकेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल्ल रंजितले बताए ।वैशाख १९ गतेबाट संचालन भएको फुटबल प्रतियोगितामा संघमा आबद्ध २१ क्लबले भाग लिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...